प्रभु इन्स्योरेन्स र एक्सेल डेभलपमेन्टको बोनस शेयर खातामा
नेपालबहस संवाददाता
साउन २९, २०७७ बिहिबार २१:४४:४०
२९ साउन, काठमाडौं । प्रभु इन्सुरेन्सले ५ प्रतिशत बोनस शेयर आफ्ना सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । इन्स्योरेन्सको गत माघ २४ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेअनुसारको शेयर खातामा पठाएको हो ।
कम्पनीले गत माघ ९ गतेसम्म शेयर डिम्याट गराएकाहरुको बोनस शेयर खातामा पठाइदिएको हो । माघ ९ पछि डिम्याट गर्नेहरुको बोनस शेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।
एक्सेलको बोनस पनि आयो
एक्सेल डेभलपमेन्ट बैंकले पनि १७.१ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । एक्सेलको गत असार १४ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १७.१० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
बैंकले गत चैत ५ गतेसम्म शेयर डिम्याट गराएकाहरुको बोनस शेयर खातामा पठाइदिएको हो । चैत ६ पछि डिम्याट गर्नेहरुको बोनस शेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ । अन्य कम्पनीको जस्तै एक्सेलले पनि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार