महिनाको अन्तिम कारोबार उत्साहजनक तर परिसुचक भने नकारात्मक
नेपालबहस संवाददाता
साउन २९, २०७७ बिहिबार २३:२०:३८
२९ साउन, काठमाडौं । साउन महिनाको अन्तिम कारोबार भएको नेपाल स्टक एक्सचेञ्जमा आज १६.५३ अंकको गिरावट आउँदै एक हजार चार सय आठ दशमलव ७९ विन्दूमा आएको छ । २०७७ साल साउन महिनाको अन्तिम कारोबार एवं यस हप्ताको अन्तिम दिन आज नेप्सेमा सुचिकृत १९१ कम्पनीको उत्साहजनक कारोबार भएको छ । ति कम्पनीहरुबाट १ अर्ब ४ करोड ८९ लाख रुपैयाँ बराबरको ३३ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज सेन्सेटिभ इण्डेक्स १.१५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.२५ प्रतिशत र सेन्सेटिभ इण्डेक्स १.३१ प्रतिशत घटेको छ । बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोपावर र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
दिव्यश्वरीको शेयरमूल्य यस दिन ५ रुपैयाँ बढेर ५५ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने साधना लघुवित्तको ५७ रुपैयाँ बढेर ६३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, जोशी हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको नेपाल फाइनान्सको शेयरमूल्य भने ५.६८ प्रतिशत घटेको छ।
बिहीबार कारोबारमा आएका १२ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक भने ०.०६ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ भने नेपाल पुनर्बीमा कम्पनी दोस्रो स्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार