कर्णालीमा रात्री प्रवेशमा रोकः पीसीआर रिपोर्ट अनिवार्य
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन ३०, २०७७ शुक्रबार २२:२५:९
![](https://nepalbahas.prixacdn.net/media/albums/Karnali-Pradesh-e1577594633769_T7PX50XfN0.jpg)
३० साउन, कर्णाली । कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्री प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र पीसीएमसीको बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राती प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिनअघिको पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे अध्यक्षतामा बसेको उक्त बैठकले स्वदेश तथा विदेशबाट आउने नेपाली नागरिकलाई बेग्लाबेग्लै क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । छिमेकी भारतबाट फर्किएका नागरिकलाई सीमा नाकाका क्वारेन्टाइनमा राख्ने तथा क्षमताभन्दा बढी भए मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भवनलाई प्रयोग गर्नका लागि वैकल्पिक व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।
त्यस्तै कर्मचारी र जनप्रतिनिधि सुर्खेतबाट अत्यावश्यक सरकारी कामले जाँदा र भित्रिँदा पीसीआर परीक्षण गराएर मात्र आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिइएको छ । बैठकले मास्क अनिवार्य प्रयोग गर्न-गराउन, समुदायस्तरमा मास्कको व्यवस्था मिलाउन, एक स्थानीय तह, एक क्वारेन्टाइन वा स्थायी प्रकृतिको आइसोलेशन निर्माण गर्न सामाजिक विकास मन्त्रालयलाई सहजीकरणको जिम्मेवारी दिएको छ ।
कर्णाली प्रदेशमा प्रवेश गर्ने सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट, सुर्खेतको बबई र कुइने नाकामा जाँच कडाइ गर्ने तथा सुर्खेतका पर्यटकीय क्षेत्र गोठीकाँडा र काँक्रेविहारमा चहलपहल बढिरहेकाले त्यहाँ घुमफिरमा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।
तीन जिल्लामा सघन उपचार कक्ष थप
प्रदेश विपद् व्यवस्थापन केन्द्रले दैलेख, सल्यान र कालीकोटका जिल्ला अस्पतालमा सघन उपचार कक्ष थप्ने निर्णय गरेको छ । सामाजिक विकासमन्त्री दल रावलका अनुसार तीनै जिल्लामा पाँचपाँच सघन उपचार कक्ष र एकएक भेन्टिलेटर थप गरिनेछ । हाल कर्णालीका सुर्खेत, जुम्ला र दैलेख अस्पतालमा गरी ४० सघन उपचार कक्ष र १७ भेन्टिलेटर छन् ।
कर्णालीमा हालसम्म दुई हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भए पनि ‘एक्टिभ केस’ १४५ छ । छ जनाको मृत्यु भइसकेको छ भने एक हजार ९०१ जना निको भई विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरबाट डिस्चार्ज भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार