कसरी मनाए प्रधानमन्त्री ओलीले प्रचण्डलाई
नेपालबहस संवाददाता
साउन ३०, २०७७ शुक्रबार २३:४२:१०
३० साउन, काठमाडौं । विभाजनको डिलमा पुगिसकेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद पाँच दिनमै समाधान हुने भनी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले एक टेलिभिजनमा अन्तर्वार्ता दिएपछि दुई अध्यक्षबीच अवरुद्ध छलफलको श्रृँखला हिजोबाट जोडिएको छ ।
नभन्दै हिजोको बैठकमा प्रधानमन्त्री ओली अलि बढी नै लचिलो भए जस्तो गरी प्रस्तुत भए । ओलीले प्रचण्डसँगको वान टू वान डाइलगमा भने– अब विवाद मिलाउनुहोस् । चैतमै महाधिवेशन गरौं, त्यतिञ्जेल तपाईं आयोजक कमिटीको नेतृत्व गर्नुहोस्, त्यसपछि तपाईलाई एकल अध्यक्ष बनाउने दायित्व मेरो ।
यति मात्र होइन, ओलीले थपे– वास्तवमा पार्टी र सरकार सञ्चालनका क्रममा कमी कमजोरी भएका छन्, त्यसको आत्मालोचना म गर्छु । पाँच वर्षका लागि मलाई प्रधानमन्त्री बन्न दिनोस्, यस अवधिमा सबै काम तपाईंलाई सोधेर मात्रै गर्ने छु । ओलीले प्रष्टसँग यति कुरा राखे । लगत्तै महासचिव विष्णु पौडेल वैठक कक्षमा प्रवेश गरे । उनले ओलीले राखेकै प्रस्तावलाई प्रष्ट्याउने गरी एक पानाको खाका प्रस्तुत गरे ।
त्यसपछि प्रचण्डले आफ्ना साक्षीलाई समेत राखेर छलफल गरौं भने । अनि प्रचण्डका तर्फबाट जनार्दन शर्मा र ओलीका तर्फबाट शंकर पोखरेल सहभागी भए । प्रधानमन्त्री ओलीले राखेको प्रस्तावलाई समेट्ने गरी विष्णु पौडेलले पेश गरेको एकपाने प्रस्तावपत्रमा छलफल केन्द्रित भयो । यसैक्रममा प्रचण्डले यही प्रस्ताव जारी स्थायी कमिटी बैठकमा पेश गरेर निर्णयमा पुगौं भने । प्रचण्डको सो प्रस्ताव उपर ओलीले सहमति जनाएनन् । उनले दुई अध्यक्षबीच भएको सहमति नै आधिकारिक हुने भएकाले लामो प्रक्रियामा नजाने अडान दोह¥याए । बरु यो कुरा नेता माधव नेपाल र झलनाथ खनाललाई राखेर छलफल गर्न भने सकिने र यसका लागि सचिवालय बैठक डाक्ने जानकारी दिए ।
स्थायी कमिटीलाई छलेरै जाने पक्षमा ओलीको अडान यथावत देखिएपछि प्रचण्ड फेरि सशंकित भए । किनभने स्थायी कमिटी छलेर ओलीसँग गर्ने कुनैपनि सहमति वा सम्झौता बेवारिसे हुने बुझाई प्रचण्डको छ । त्यसैले उनी स्थायी कमिटीबाटै सबै विवादको छिनोफानो गर्न चाहन्छन् । महाधिवेशन नभएसम्म पार्टीको सबै कार्यकारी अधिकार तपाईं नै प्रयोग गर्नुहोस् ओलीले प्रचण्डलाई भनेका थिए । ओलीबाट आएको प्रस्ताव सकारात्मक भएपनि स्थायी कमिटीले अनुमोदन नगरेसम्म कार्यान्वयनमा लैजान गाह्रो रहेको उनको तर्क थियो ।
झण्डै चार घण्टाको छलफल यही प्रस्तावको वरिपरि केन्द्रित थियो । तर सहमति जनाउने अवस्थामा प्रचण्ड थिएनन् । त्यसैले उनले यसबारे साथीहरुसँग छलफल गरेर भोलि अर्थात आज शुक्रबार अर्को वार्ता गर्ने भन्दै उठे । त्यसपछि प्रचण्डले बालुवाटारबाटै नेताहरु झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठलाई थापागाउँस्थित प्रेसिडेन्सियल कलेजमा भेला हुन आग्रह गरे । साँझ ५ बजे चारनेता ५ नं. प्रदेशका केन्द्रीय सदस्यहरुसहित छलफलमा बसे । छलफलमा प्रचण्डले ओलीसँगको वार्ताबारे जानकारी गराए । साथै, ओलीको प्रस्तावसमेत सुनाए । यसक्रममा सहभागी सबैले ओलीको नयाँ फण्डा मात्र भएको निश्कर्ष निकाले । फेरि अलमल्याउने दाउ मात्र हो भन्दै नेताहरुले सबै विवादको छिनोफानो जारी स्थायी कमिटीबाटै खोजिनुपर्ने अडानबाट पछि नहट्न प्रचण्डलाई आग्रह गरे ।
त्यसलगत्तै प्रचण्डले निकट नेताहरुलाई खुमलटार बोलाए । सीमित मानिस मात्र बोलाइएको पूर्व माओवादी पक्षको भेलामा भने ओलीसँगको छलफल सकारात्मक रहको तर माधव, झलनाथको समेत साथ सहयोग आवश्यक रहको ठहर गरियो ।
त्यसैले आज गरिने वार्तामा चाहिं ओलीले प्रचण्डलाई एकल अध्यक्ष बनाउने ठोस र वस्तुपरक प्रस्ताव दिएको अवस्थामा भने सोच्नै पर्ने सहभागीहरुले बताए ।
सोही बमोजिम आज ११ बजेका लागि तय गरिएको वार्तामा बस्ने निश्कर्षका साथ साँझको बैठक टुंगिएको थियो । सोही कारण आजको वार्ता ६ सदस्यीय कार्यदल बनाएर सकारात्मक र फलदायी भएको छ । प्रचण्ड स्थायी कमिटीलाई छलेर कुनै पनि निर्णय वा सहमति गर्ने अवस्थामा नरहेकाले कार्यदलको प्रतिवेदनलाई स्थायी कमिटबिाट पास गराइने स्रोतको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार