अब्बल बैंकर रत्नराज बज्राचार्य ग्लोबल आईएमई बैंकको सीईओमा नियुक्त
नेपालबहस संवाददाता
साउन ३०, २०७७ शनिबार २:२७:४१
३० साउन, काठमाडौं । अब्बल बैंकर परशुराम कुँवर क्षेत्रीले कार्यकाल बाँकी छँदै राजीनामा दिएपछि रिक्त रहेको ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।
आज शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले चार्टर्ड एकाउण्टेन्ट समेत रहेका बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनले आगामी भदौ १ गतेदेखि कार्यभार सम्हाल्ने छन् । बज्राचार्य यसअघि पनि ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । सो बैंकमा एक कार्यकाल पूरा गरेपछि उनी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।
सनराइज बैंकपछि फेरि बैंकिङ क्षेत्रमा नर्फकने बताएका उनी ग्लोबल आईएमईमा दोस्रो कार्यकालका लागि फर्केका छन् ।
दुई ठूला बैंकहरु ग्लोबल आईएमई र जनता बैंक नेपालको बिगमर्ज भएर बनेको यस बैंकको कार्यकारी नेतृत्व पर्शुराम कुँवरले गरेका थिए । बज्रचार्य लामो अनुभव भएका अब्बल बैंकर हुन् ।
बज्राचार्यसँग बैंक तथा वित्तीय क्षेत्रमा करिब ४० वर्षको अनुभव छ । कडा मिजासका बैंकरका रुपमा चिनिने बज्राचार्य एनसीसी बैंकमा पनि सीईओ भइसकेका छन्। नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक बज्राचार्यले त्यहाँ २० बर्ष काम गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार