पक्राउ परेका विद्यार्थी नेताहरूलाई तत्काल रिहा गर्न नेविसंघको माग
नेपालबहस संवाददाता
साउन ३०, २०७७ शनिबार ५:३५:७
३० साउन, काठमाडौं । नेपाल विद्यार्थी संघले पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहाई गर्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेकाे आरोपमा पक्राउ परेका आफ्ना विद्यार्थी निर्दोष रहेको भन्दै नेविसंघले तत्काल छाड्न माग गरेको हो ।
नेविसंघका अध्यक्ष राजीव ढुंगानाले एक विज्ञप्ती जारी गर्दै विद्यार्थीलाई तत्कालै छाडेर उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता लिन माग गरेका छन् । ‘गत साउन २७ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको निर्देशनमा सुनियोजित ढंगले तोडफोड गराई उक्त घटना नेविसंघले गराएको भनि दुष्प्रचार गरी विद्यार्थी नेताहरु सम्झना खत्री, श्याम राज ओझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायत ८ जनालाई गिरफ्तार गरिएकोमा उहाँहरुलाई रिहा गर्नुको सट्टा सत्ताको आडमा झुठा मुद्दा लगाई फसाउन गरिएको षडयन्त्रको हामी घोर भत्र्सना गर्दछौँ’ विज्ञप्तीमा भनिएको छ।
नेविसंघले अहिलेका उपकुलपति आएपछि त्रिभुवन विश्वविद्यालय प्राज्ञिक थलो नभई नेकपाको भर्ती केन्द्र भएको आरोप पनि लगाएको छ। नेविसंघले उपकुलपतिले विश्वविद्यालयलाई भर्ती केन्द्र बनाउन नछाडे इँटाको जवाफ पत्थरले दिने चेतावनी समेत दिएको छ । यस्तै नेविसंघले साउन २६ गते पर्साको वीरगन्जमा गिरफ्तारीमा परेको विद्यार्थी नेतालाई सोही दिन राती छोडेको र २८ गते पुन मुद्दा लगाएर फसाउन खोजेको भन्दै विरोध जनाएको छ ।
गत श्रावण २६ गते पर्सा जिल्लाको वीरगन्जमा सबै स्वास्थ्य संस्थाहरुमा नियमित स्वास्थ्य सेवा प्रदान गरियोस, कोरोना संक्रमितको उपचारमा लापरबाही नगरियोस् र कोरोनाका कारण मृत्यु भएकाहरुलाई उचित क्षतिपूर्ति दिइयोस् भनी शान्तिपूर्ण प्रदर्शन गर्दा गिरफ्तार गरी सोही दिन राती साँढे ११ बजे मात्र रिहा गरिएका विद्यार्थी नेता विकास तिवारीलाई पुन अस्ति २८ गते पक्राउ गरी झुठा मुद्दा लगाई फसाउन खोजिएको घटनाको घोर भत्र्सना गर्दछौँ’ नेविसंघले विज्ञप्तीमा भनेको छ। नेविसंघले दुवै ठाउँमा पक्राउ परेका विद्यार्थीहरुलाई तुरुन्तै रिहा गर्न सरकारसँग माग गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने
जेठ १४, २०८१ सोमबार
कांग्रेस आफ्नो अडानमा अडिग छ, सरकारमा जाने हतारो छैन : नेता डा कोइराला
जेठ १४, २०८१ सोमबार
सरकारसंगको सम्झौता कार्यान्वयन भएन : महन्थ ठाकुर
जेठ १३, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका मह जोडीले चौतर्फी आलोचना भएपछि आलोचनापछि मागे माफी
जेठ १४, २०८१ सोमबार
बजेटको करिब १५ प्रतिशत रकम सामाजिक सुरक्षामा खर्च
जेठ १४, २०८१ सोमबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
कांग्रेस आफ्नो अडानमा अडिग छ, सरकारमा जाने हतारो छैन : नेता डा कोइराला
जेठ १४, २०८१ सोमबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
जेठ १४, २०८१ सोमबार