गोकर्णमा निर्माणाधीन निजामती स्मारक अन्तिम चरणमा
नेपालबहस संवाददाता
साउन ३१, २०७७ शनिबार १४:२४:३८
३१ साउन, काठमाडौं । शिलान्यास भएको एक दशकमा निजामती स्मारकको काम अन्तिम चरणमा पुगेको छ । निजामती दिवसको अवसर पारेर विसं २०६८ भदौ १९ गते तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरेले राष्ट्रिय शहीद स्मारक निर्माणस्थल गोकर्णस्थित यज्ञडोल जगडोल सामुदायिक वनमा निजामती पार्क शिलान्यास गरेका थिए । शिलान्यासको एक दशकपछि निजामती स्मारक निर्माण अन्तिम चरणमा पुगेको यज्ञडोल सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।
शिलान्यासपछि त्यसै वर्ष असोज १५ गते मुख्यसचिव घिमिरेको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले निजामती स्मारक निर्माण सम्पन्न भएपछि विशिष्ट श्रेणीका पदाधिकारीले स्मारकमा माल्यार्पण गरेर फर्केपछि मात्र पदबहाली गर्ने भनी निर्णय गरेको थियो । यो निर्णय विसं २०६८ चैत ७ गते सरोकार भएका निकायमा जानकारीका लागि पत्राचार गरिएको थियो ।
स्मारक निर्माण अन्तिम चरणमा पुगेपछि राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती स्मारक, यज्ञडोल जगडोल सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कसरी सञ्चालन गर्ने त्यसको तयारी गर्न भनी पत्राचार गरेको छ ।
त्यसबेलाका कागजात मन्त्रालयमा पत्र प्राप्त भएपछि सरोकार भएका निकायसँग छलफल भइरहेको सामान्य प्रशासन मन्त्रालय कर्मचारी कल्याण शाखा प्रमुख तुलसी दाहालले जानकारी दिनुभयो । यस वर्ष निजामती दिवसका अवसरमा भदौ २२ गतेको कार्यक्रम नै निजामती स्मारकमै गर्ने गरी तयारी गर्न समितिका तर्फबाट सामान्य प्रशासन मन्त्रालयलगायत सरोकार भएका निकायलाई ध्यानाकर्षण गराइएको छ ।
विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषद्ले राणाशासनको अन्त्यदेखि पछिल्लो परिवर्तनसम्म शहादत प्राप्त गर्ने शहीदको सम्मानमा काठमाडौँको गोकर्णमा राष्ट्रिय शहीद तथा शान्ति पार्क ९स्मारक० सँगै निजामती पार्क पनि निर्माण गर्ने निर्णय गरेको थियो । निर्णय भएको डेढ दशकसम्म पनि शहीद स्मारक सम्पन्न हुन सकेको छैन ।
सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा निर्माण भइरहेका धेरै संरचनाको ७० प्रतिशत काम सकिएर पनि अलपत्र बनेकै बेला आयोजना हेर्ने शान्ति तथा पुनःनिर्माण मन्त्रालय खारेजीमा परेपछि आयोजना थप अन्योलमा थियो । गत वर्षदेखि शहरी विकास मन्त्रालयले आयोजना हेर्ने निर्णय भएपछि हाल फेरि काम शुरु भएको छ । काम शुरु भएसँगै निजामती स्मारक अन्तिम चरणमा पुगको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
नहरमा हिउँदेबालीका लागि सिँचाइ
मंसिर ९, २०८१ आइतबार
कर्णाली करिडोर र हुम्ला करिडोर
मंसिर ९, २०८१ आइतबार
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
मंसिर ९, २०८१ आइतबार
बाक्लो हुस्सुले ढाकेको इनरुवा
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा आधार शिविरमा झण्डा फहराउँदै वडाध्यक्ष गुरुङ
मंसिर ९, २०८१ आइतबार