राउटे समुदायका घर निर्माण अधुरै
नेपालबहस संवाददाता
साउन ३२, २०७७ आइतबार २०:०:४०
३२ साउन,अमरगढी । डडेल्धुरामा हालसम्म राउटे समुदायका लागि एक दर्जन घर निर्माण हुन सकेका छैनन् । २०६८ सालमा घर आवास कार्यक्रम अन्तर्गत ती समुदायका घर बनाउने योजना कार्यान्वयनमा आएको थियो । राउटेलाई सरकारले लोपोन्मुख जातीमा राखेको छ । यस जातीको संरक्षण सरकारले गर्नुपर्ने हुन्छ ।
तत्कालीन अवस्थामा जोगुवडा क्षेत्रमा ८६ घरपरिवार राउटेको बसोवास थियो । पर्शुराम नगरपालिका–४ रज्यौंडाका ४१ परिवार राउटेका घर निर्माणमा परे । जोगुबडा क्षेत्रका १०८ सामुदायिक वन विरुद्ध अख्तियारमा मुद्दा पर्यो । काठ कटान गर्न रोक लागेपछि काम प्रभावित भयो । वनको मुद्दापछि काठ उपलब्ध भएन र घर निर्माणको काम रोकियो ।
विषेश अदालतको फैसला अनुसार भित्री मधेश क्षेत्रका सामुदायिक वनमा काटिएको काठ अहिले बिक्री भइसकेको छ । तर राउटेका घर भने अधुरै रहेका छन् । घर निर्माणका लागि बनाइएका कार्ययोजना थियो ।आर्थिक वर्ष २०६८/६९ भित्रै निर्माण गर्ने गरी काम थालिएको थियो । काठको मुद्दा अख्तियारमा परेपछि काठ कटान निकासा रोकियो । काठ नपाएपछि निर्माणाधीन घरको काम पनि रोकियो ।
मुद्दाको तीन चार वर्षपछि काठ निकासा खुल्यो । तर राउटेका एक दर्जन घर एक दशकसम्म पनि निर्माण हुन सकेका छैनन् । यसले संरक्षित राउटे समुदाय समस्यामा छन् । सामुदायिक वनले काठ नदिएपछि घर बन्न नसकेको स्थानीयवासी सन्तीदेवी राउटेले बताइन् । आफूहरु उपभोक्ता भए पनि काठ नदिँदा घर अधुरै रहेको उनको गुनासो छ । केहीले जमुनाको काठ प्रयोग गरी घर बनाएका छन् । तोकिएको समयमा घर बन्न नसक्दा रकम निकासा भएन ।
स्थानीयवासी उदयसिंह राउटेले भने “कसैले १२ हजार मात्रै पाएका छन् भने कसैले २४ हजारसम्म मात्रै पाएका छन ”। सामुदायिक वनले काठ दिन रोक्यो । काठ नपाएपछि घर अधुरै रहेको उनले बताए । महेन्द्रनगरबाट काठ ल्याई बनाउने भनिए पनि त्यसो हुन सकिएन । आफू उपभोक्ता रहेको सामुदायिक वनले काठ नदिँदा घर अधुरै रहेको गुनासो उहाँको पनि छ । सामुदायिक वनको सालको काठ जोगबुढाबाट बाहिर निकासी भएको छ । तर राउटे समुदायलाई काठ उपलब्ध नहुँदा नौ वर्षसम्म घर अधुरै रहेका छन् ।
कतिपय आधा बनेका घर जीर्ण भएका छन् । कतिपय घरको निसान नै छैन । जग मात्रै हालेका घरमा जङ्गल बनेको राउटेका अगुवा दानबहादुर राउतले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार