देउवाको फण्डा:- निधि पनि सभापतिको उम्मेदवार !
कुसुम सेञ्चुरी
साउन ३२, २०७७ आइतबार २१:२३:१५
३२ साउन, काठमाडौं । नेपाली कांग्रेसको आगामी चौधौं महाधिवेशनमा सभापतिका आकाँक्षी धेरै भएका छन् । संस्थापन इतर पक्षबाट झण्डै आधा दर्जन नेताहरुले सभापतिमा दावा गरेका छन् । तर संस्थापन पक्षबाट भने वर्तमान सभापति शेरबहादुर देउवा एक्ला देखिन्थे । तर दुई सातायता उनकै पक्षमा रहेका उपसभापति बिमलेन्द्र निधिले पनि सभापति पदमा रुची मात्र देखाएका छैनन्, सर्वसम्मत उम्मेदवार हुन पहलसमेत गर्दैछन् ।
निधिले दुई साता बीच शीर्ष नेताहरुसँग भेटेरै आफ्नो इच्छा व्यक्त गरिसकेका छन् । यसक्रममा उनले महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासँग भेटेर सभापतिमा सघाउन प्रस्ताव गरे । त्यतिखेरसम्म देउवाले निधिको दौडधूपलाई खासै वास्ता गरेनन् । तर जब हिजो साँझ देउवा निवास पुगेर निधिले आफूलाई सर्वसम्मत उम्मेदवार बनाउन पहल गरिदिन भनेपछि चाहिं अक्क न वक्क परेका छन् । देउवाले १३ औं अधिवेशनमै आफूलाई अर्काे महाधिवेशनमा सभापतिका लागि सहयोग गर्ने वचन दिएको समेत उनले स्मरण गराए । जुन देउवाका लागि साँच्चै अप्रत्यासित रह्यो ।
असन्तुष्ट पक्षबाट धेरै जनाले दावी गरेकाले देउवा आफू संस्थापन पक्षको एकल उम्मेदवार हुने अवस्थामा जित सुनिश्चित ठानेका छन् । पहिलादेखि आफूसँग भएका नेता कार्यकर्ता एक ढिक्का रहेको र विजय गच्छदार अनि सुनिल थापाले समेत सघाउने विश्वासमा देउवाले दोस्रो कार्यकालको तयारी अगाडि बढाइरहेका छन् ।
हिजो आफ्नै दाहिना हातका रुपमा रहेका निधिले सभापतिमा दावी गरेपछि भने देउवा अलि हच्केका छन् । निधिलाई १५ औं अधिवेशनमा मात्रै सघाउने उनले वचन दिएका छन् । तर निधि भने अब त्यतिञ्जेल प्रतिक्षा नगर्ने पक्षमा देखिएका छन् । आफु पनि ७० बर्षको उमेर पुगेर नेटो काटीसकेको उनको भनाई छ ।
निधि निकट स्रोत भन्छ– यही अवस्थामा जाने हो भने यसपाला देउवाको पराजय निश्चित छ । आम कार्यकर्ता र जनतामा देउवाको छवि ध्वस्त भइसकेको छ । अब पैसा र पदको लालचमा देउवालाई सहयोग गर्ने अवस्था देखिंदैन । त्यसैले देउवाले आफ्नो विकल्पमा सोच्नै पर्ने बाध्यता रहेको पनि निधिको बुझाई छ । देउवाको पछाडि लागेर मात्रै बस्ने हो भने आफ्नो छवि समेत बिग्रने उनको निश्कर्ष हो । त्यसैले अब आफैं सभापतिको उम्मेदवार बन्ने तिर सोच्नै पर्छ भन्दै निधि निकटहरुले यस्तो सल्लाह दिएका हुन् ।
कांग्रेसको आधारभूमि नै मधेश हो भन्दै यसपाला मधेसी मूलको नेतालाई सभापति बनाउने अवसरसमेत रहेको निधिका सहयोगीको बुझाई रहेको छ । मधेसको प्रतिनिधित्व गर्ने व्यक्ति कांग्रेसको सभापति बन्न सक्यो भने आगामी निर्वाचनमा त्यसको प्रभाव सकारात्मक पर्छ भन्दै उनीहरुले निधि नै अबको उपयुक्त उम्मेदवार रहेको बताएका छन् । सहयोगीहरुको तर्कसँग निधि पनि सहमत देखिए ।
१५ औं महाधिवेशनको बेलासम्म देउवा नै सत्तामा रहने कुराको प्रत्याभूति नहुने भएकाले अहिले नै उम्मेदवार बन्ने उनको चाहना देखिन्छ । देउवालाई भेटेर आएको लगत्तै हिजो साँझै निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेर सभापतिमा सघाउन आग्रह गरे । निधिजी भनेको मधेशी मूलको सबैभन्दा सिनियर र सक्षम नेता भएकाले सबैले सभापति बनाउन सघाउनुपर्ने तर्क निकटवर्तीहरुको रहेको छ ।
तर संस्थापन इतर पक्ष भने यो सबै देउवाकै डिजाइन मात्रै रहेको बुझाई रहेको छ । पौडेल पक्षका एक केन्द्रीय सदस्यले भने– हाम्रो ध्यान मोड्न मात्रै यो फण्डा झिकिएको हुन सक्छ । सभापति देउवासँग सल्लाह नै नगरी निधिजीले यस्तो हल्ला गर्नुभएको होला जस्तो लाग्दैन – उनले भने ।
उ
ता, संस्थापन पक्ष भने निधिको दौडधूप साँच्चै सिरियस रहेको बुझिरहेका छन् । आज बिहान देउवा निवासमा भेला भएका प्रकाशरण महत, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की लगायत नेताहरुले अहिलेको बेला निधीले अनावश्यक ढिपी गरेको भन्दै उनलाई सम्झाई बुझाई गरेर जानुपर्ने सुझाव दिए । देउवा निकट एक नेता भन्छन्– निधिजी सभापतिमा उठ्ने तहसम्मको अवस्थामा पुग्नु भएको छैन, बरु उपसभापतिमा आफ्नो स्थान पक्का गराउन मात्रै यस्तो गरेको हुन सक्छ ।
आज बिहान भएको छलफलमा देउवा निकट नेताहरुले निधिको मागलाई समयमै संबोधन गरेर एकढिक्का भएरै महाधिवेशनको सामना गर्नुपर्ने सबैको मत रह्यो । त्यसका लागि निधिजीलाई आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेर पनि जान सकिने विषयमासमेत छलफल भएको उनले बताए । निधिजीलाई मधेशी मूलको पहिलो प्रधानमन्त्री बनाइने भनेर प्रस्ताव गर्न सकिने पनि उनले बताए । तर सभापतिमा भने देउवा नै लड्नुपर्ने उनीहरुको तर्क थियो ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई साइबर क्राइम, कागजात किर्ते र मानहानी कसुरमा मुद्दा चलाइने
मंसिर ४, २०८१ मंगलबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
जग्गादानसम्बन्धी रिटमा आज पनि भएन सुनुवाइ
मंसिर ४, २०८१ मंगलबार
पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु सात प्रहरी अपहरण
मंसिर ४, २०८१ मंगलबार