भलिबल खेलाडीको एक लाखको कोरोना बीमा
इन्द्र रिजाल
साउन ३२, २०७७ सोमबार २:८:५८
३२ साउन, काठमाडौं । लक्ष्मीनारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल टोलीका खेलाडी प्रत्येकको रु एक लाख बराबरको कोरोना बीमा गरेको छ । ट्रष्टले कूल ३६ भलिबल खेलाडीको कोरोना बीमा गरेको हो ।
ट्रष्टले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा सहभागी महिला तथा पुरुष राष्ट्रिय टोलीका सबै खेलाडीको कोरोना बीमा गरेको हो । ट्रष्टले सागमा सहभागी बीच भलिबलको महिला तथा पुरुष टोलीका खेलाडीको समेत कोरोना बीमा गरिदिएको छ । ट्रष्टले आज महिला टोलीकी खेलाडी प्रतिभा माली र बीच भलिबल टोलीका सदस्य दिल सुनारको उपस्थितिमा बीमा गरेको हो ।
देशमा कोरोना महामारीको जोखिम बढ्दै गएको अवस्थामा खेलाडीको सुरक्षालाई ध्यानमा राखि कोरोना बीमा गरिएको ट्रष्टकी संरक्षक अन्जु श्रेष्ठले बताउनुभयो । श्रेष्ठ नेपाली महिला भलिबल टोलीकी पूर्व कप्तानसमेत छन । बीमा कार्यक्रममा भलिबल खेलाडीद्वय माली र सुनारले पहिलो पटक भलिबल खेलाडीको कोरोना बीमा गरेकामा ट्रष्टलाई धन्यवाद दिए । ट्रष्टले बर्सेनी वर्षको उत्कृष्ट महिला र पुरुष भलिबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । पूर्वकप्तान श्रेष्ठले आफ्ना बुबा लक्ष्मीनारायण श्रेष्ठको स्मृतिमा ट्रष्ट स्थापना गरेका छन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
राफेल नाडालको टेनिसबाट बिदाई
मंसिर ५, २०८१ बुधबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार