प्रदेश मिडिया विधेयक संशोधनको माग राख्दै सभामुखलाई ज्ञापनपत्र
इन्द्र रिजाल
साउन ३२, २०७७ सोमबार २:३०:३०
३२ साउन, कैलाली । सुदूरपश्चिम प्रदेशसभाले पारित गरेको मिडिया विधेयक स्वतन्त्र प्रेसको मान्यता विपरीत भएको भन्दै डडेल्धुराका पत्रकारले विरोध जनाएका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आज ज्ञापनपत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेशसभाका सभामुखलाई ज्ञापनपत्र बुझाइएको महासङ्घका अध्यक्ष मानबहादुर साउदले बताए । प्रदेशसभाले बुधबार पारित गरेको ‘एफएम रेडियो तथा टेलिभिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ का केही प्रावधान स्वतन्त्र प्रेसको मान्यता विपरीत रहेको भन्दै पत्रकार सम्बद्ध सङ्घसङ्गठनले विरोध जनाएका हुन् ।
प्रदेशसभामा गत माघमा दर्ता गरिएको उक्त विधेयकमा आन्तरिक मामिला तथा कानूनमन्त्री आफैँ मिडिया बोर्डको अध्यक्ष रहने र बोर्डले नै दण्ड सजाय गर्ने लगायतका प्रावधान राखिएको थियो । बोर्ड गठन तथा बोर्डको कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था संशोधन गरिएको भए पनि सञ्चार माध्यमलाई नियन्त्रण गर्ने कतिपय प्रावधान यथावत राखिएकामा पत्रकारको गुनासो छ ।
विधेयकमा सूचना, समाचार, लेख वा कार्यक्रमको सत्यतथ्य स्रोतबाट पुष्टि भएपछि मात्र प्रसारण गर्ने गराउने, पूर्वाग्रहरहित समाचार हुनुपर्नेलगायत व्यवस्था गरिएका छन् । मित्र राष्ट्रसँगको सम्बन्ध अभिवृद्धि हुने कार्यक्रम प्रसारण गर्नुपर्नेलगायत प्रावधानसमेत राखिएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार