अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको क्षमता घटाइने
इन्द्र रिजाल
साउन ३२, २०७७ सोमबार २:३५:९
३२ साउन, एजेन्सी । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाका सेनाको वार्षिक संयुक्त सैन्य अभ्यास यसै साता शुरु हुँदैछ । दक्षिण कोरियाका सैन्य प्रमुखले कोरोनाभाइरसको संक्रमण फैलिएसँगै यस्तो सैन्य अभ्यासलाई कम्प्युटर–आधारित युद्ध अभ्यासमा सीमित गरिने बताएका छन् ।
यही मंगलबारदेखि आगामी अगस्ट २८ सम्म हुने यस सैन्य अभ्यासले पनि उत्तर कोरियालाई चिढ्याउने अनुमान गरिएको छ । उत्तर कोरियाले विगतदेखि नै दक्षिण कोरिया–अमेरिका सैन्य अभ्यासलाई आफ्नो मुलुकविरुद्धको अतिक्रमणका रुपमा व्याख्या गर्दै आएको छ ।
उत्तर कोरियाले संयुक्त सैन्य अभ्यासलाई जारी राखिए हाल अबरुद्ध वार्तालाई पुनः शुरु नगर्ने चेतावनी दिँदै आएको छ ।यो सैन्य अभ्यास निकै नाजूक स्थितिमा आयोजना गर्न लागिएको छ किनभने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा तैनाथ झण्डै २८ हजार ५०० अमेरिकी सैनिकको खर्च व्यवस्था गर्न दक्षिण कोरियामाथि दबाब दिइरहेका छन् । यी सैनिक खासगरी दक्षिण कोरियाको सुरक्षाका लागि तैनाथ गरिएको हो ।
दुबै मुलुकबीच लागत साझेदारी सम्बन्धमा वार्ताहरु भए पनि सन् २०१९ मै समाप्त भएको उक्त सम्झौतामा पुनः सहमति हुन सकेको छैन । पछिल्लो सैन्य अभ्यासमा कमान्ड पोस्ट तालिम आयोजना गरिनेछ जसअन्तर्गत विभिन्न युद्ध परिस्थितिका लागि दुबै मुलुकका सेनालाई तम्तयार राख्न कम्प्युटर आधारित तालिममा सहभागी गराइनेछ ।
दक्षिण कोरियाली सेना प्रमुखले तालिममा कति सैनिक सहभागी हुन्छन् भन्ने बारेमा केही बताएनन । तर गत वर्षभन्दा निकै कम संख्यामा मात्र सैनिकहरुको सहभागिता रहनेछ । विगतमा दुबै मुलुकका दशौं हजार सैनिक सहभागी हुने प्रचलन थियो ।
यस वर्ष कोरोना भाइरस महामारीका कारण अन्यत्रबाट आउने अमेरिकी सैनिकको संख्यामा पनि व्यापक कमी हुनेछ ।दुबै मुलुकका सेनाको यसअघि हिउँदे मौसममा गर्ने नियमित सैन्य अभ्यास पनि स्थगित भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
एमालेको प्रदर्शनले खलबलियो उपत्यकाको ट्राफिक व्यवस्था
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
उपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार