अमेरिकालाई पोल्यान्डमा थप सेना तैनाथ गर्न बाटो खुल्यो
इन्द्र रिजाल
साउन ३२, २०७७ सोमबार २:३८:५०
३२ साउन, एजेन्सी । संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले पूर्वी युरोपेली मुलुक पोल्यान्डमा थप अमेरिकी सैनिक तैनाथ गर्नेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।
मध्य तथा पूर्वी युरोपेली मुलुकहरुको भ्रमणको अन्त्यमा पोल्यान्डको राजधानी वार्सामा आयोजित समारोहमा पोल्यान्डका रक्षामन्त्री मेरिअस्ज ब्लाजाकसँग सम्झौतामा हस्ताक्षर गरेका छन। यो सम्झौतापछि पोल्यान्डमा थप अमेरिकी सेना तैनाथ गर्न अमेरिकालाई बाटो खुलेको छ ।
सम्झौता समारोहलाई सम्बोधन गर्दै पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले कुनै सुरक्षा खतरा उत्पन्न भए अमेरिकी सेनासँग काँधमा काँध मिलाएर लड्न पोलिस सेना तत्पर रहने वचनबद्धता प्रकट गरे । उनले पोल्यान्डको अमेरिकी सैन्य अखडाले युरोपका अरु मुलुकको सुरक्षामा समेत ठूलो सघाउन पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपति आन्द्रेजले पोल्यान्डमा विदेशी लगानी र व्यापार सम्बन्धमा पनि गुणात्मक सुधार हुने अपेक्षा गरे । पोल्यान्डमा हाल करिब चार हजार ५०० अमेरिकी सेना तैनाथ भइसकेका छन्, र चाँडै अरु एक हजार सैनिक थप हुनेछन् ।
गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा तैनाथ सैनिक कटौती गर्ने घोषणा गरेलगत्तै अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट फिर्ता हुने करिब १२ हजार सैनिकमध्ये करिब पाँच हजार ६०० लाई पोल्यान्ड समेतका अन्य मुलुकमा तैनाथ गरिने जनाएको थियो ।
यसबाहेक, जर्मनीबाट धेरैवटा अमेरिकी सैन्य कमान्ड हटाइने भएको छ । जर्मनीमा रहेको आर्मी भी कप्र्सलाई अर्को वर्ष पोल्यान्ड स्थानान्तरित गरिनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपछत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
होटल ली हिमालयमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
मंसिर ७, २०८१ शुक्रबार
छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट
मंसिर ७, २०८१ शुक्रबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार