युएईका विदेशमन्त्री नाहयान र इजरायलली समकक्षी आश्केनाजीबीच टेलिफोन संवाद
इन्द्र रिजाल
साउन ३२, २०७७ सोमबार २:४८:५२
३२ साउन, एजेन्सी । युनाइटेड अरब इमिरेट्स ‘युएई’ र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएलगत्तै दुबै देशबीच टेलिफोन सेवा शुरु भएको छ । इजरायलले पश्चिम किनाराको केही भूभाग इजरायलमा गाभ्ने निर्णय हाललाई स्थगित गर्नेगरी संयुक्तराज्य अमेरिकाले मध्यस्थता गरेसँगै दुबै मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
पश्चिम किनारा र गाजापट्टिलाई समेटेर स्वतन्त्र प्यालेस्टिनी मुलुक निर्माण गर्ने अभियान वर्षौंदेखि जारी छ । एसोसिएटेड प्रेसका जेरुसलेम र दुबईमा रहेका पत्रकारहरुबीच टेलिफोनमा स्थानीय समय अनुसार अपराह्न १.१५ बजे कुराकानी भएको थियो ।
एक घण्टापछि युएईका अधिकारीहरुले विदेशमन्त्री शेख अब्दुल्ला बिन जायद अल नाहयानले उनका इजरायली समकक्षी गाबी आश्केनाजीबीच टेलिफोनमा संवाद भएको जानकारी दिएका थिए ।
इजरायली संचारमन्त्री योआज हान्डेलले एक विज्ञप्ति प्रकाशन गरी टेलिफोन सेवा खुला गरेकामा संयुक्त अरब इमिरेट्सलाई बधाई दिएका छन । “धेरै आर्थिक अवसर अब खुला हुनेछन्, र यी विश्वास निर्माणका कदमहरु आ–आफ्ना मुलुकलाई अघि बढाउन महत्वपूर्ण पाइला हुनेछन् ।”
आइतबार नै इजरायली समाचार वेबसाइटहरु युएईमा खुला गरिएका छन् । युएईले आफ्नो मुलुकमा हेर्न नपाउने गरी रोकेका टाइम्स अफ इजरायल, जेरुसलेम पोस्ट र वाईनेट जस्ता वेबसाइटहरु निर्वाध रुपमा हेर्न पाउने गरी खुला गरिदिएको छ ।
टेलिफोन सेवा स्थापित हुनुलाई दुबै मुलुकबीच सम्पन्न सम्झौताको एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । इजरायल र संयुक्त अरब इमिरेट्सले गत बिहीबार पूर्ण कुटनीतिक सम्बन्ध स्थापना गर्ने ऐतिहासिक घोषणा गरेका थिए । अमेरिकी मध्यस्थतामा भएको उक्त सम्झौतालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
उक्त ऐतिहासिक सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा प्रमुख विदेश नीतिमा सफलता प्राप्त भएको रुपमा हेरिएको छ । यो सम्झौतापछि इजरायलसँग दौत्य सम्बन्ध भएका अरब मुलुकहरुको संख्या तीन पुगेको छ । यसअघि इजरायलको कुटनीतिक सम्बन्ध इजिप्ट र जोर्डानसँग मात्र थियो । नयाँ सम्झौतासँगै दुबै मुलुकबीच पर्यटन, प्रत्यक्ष हवाई उडान तथा राजदूतावासहरुको स्थापना हुनेछन् ।
आइतबार नै युएईको सरकारद्वारा संचालित वाम समाचार समितिले युएईको एउटा कम्पनीले कोरोनाभाइरस महामारीका विषयमा अनुसन्धान र अध्ययन गर्न एउटा इजरायली कम्पनीसँग सम्झौता भएको खबर प्रसार गरेको छ ।
युएई र इजरायलबीच भएको पछिल्लो सम्झौताप्रति कतिपय अरब विज्ञहरुले प्यालेस्टाइन राज्य स्थापना गर्ने विगतदेखिको प्रयासमा युएईले धोखा दिएको प्रतिक्रिया दिएका छन् । पाकिस्तानमा उक्त सम्झौताको विरोध गर्दै सयौंले जुलुस निकालेका थिए ।
उक्त सम्झौताले क्षेत्रीय प्रतिद्वन्द्वीका रुपमा रहेको युएईसँग इरान र टर्कीलाई पनि चिढ्याएको छ । इरानका सैनिक प्रमुख मोहम्मद होसेन बाघेरीले युएईको निर्णय दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिँदै अबुधाबीलाई आफ्नो कदम सच्याउन आग्रह गर्नु भएको छ ।
बाघेरीले पर्सियाली खाडी क्षेत्रमा कुनै सानोतिनो घटना भएपनि त्यसलाई इरानको सुरक्षा खतराका रुपमा लिइने बताउँदै यस्तो कदम युएईका कारण भएको ठहर गरी कुनै पनि कदम चाल्न सकिने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार