एनआईसी एशियाकाे कर्मचारी खर्च २ गुणा बढी, खस्किँदो अवस्थामा बैंक
आर्थिक संवाददाता
भदौ १, २०७७ सोमबार २०:०:१७
१ भदाै, काठमाडौं । एनआईसी एशिया बैंकको चर्चा कुनै समय नेपालको ठूलो बैंक मानिएकाे नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतले गर्थे तर अहिले भने एनआईसी एशिया बैंकको त्यो बेलाको जस्तो चर्चा हुन छाडेको छ । यो बैंकले प्रस्तुत गर्ने गरेको तथ्याङ कस्मेटिक रहेको तथा बैंक वित्तीय रुपमा मोटाएको होइन सुन्निएको हो भन्ने नेपालबहसको तर्क अहिले आएर पुर्नपुष्टि भएको छ ।
आजकल बैंकका प्रमुख कार्यकारी अधिकृत वा बैंकको आधिकारिक फेसबुक पेजमा बैंकले केही कुरा पोस्ट गर्दा धेरै नै नकारात्मक कमेन्ट आउने गरेको र बैंकले त्यस्ता कमेन्टहरु मेटाँउदै आएको थुप्रै पटक भैसकेको छ । यसरी ग्राहक धेरै बनाउने चक्करमा बैंकले आफ्ना ग्राहकलाई खासै राम्रो सेवा सुविधा दिएको पाईदैन । जसले बैंकलाई दीर्घकालीन रुपमा राम्रो नगर्ने प्रस्ट जस्तो देखिएको छ ।
अहिले लगानीकर्ताले कम्पनीको खुद मुनाफा मात्र हेरेर बैंकलाई दाज्ने अवस्था छैन, त्यसैले लगानीकर्ताले हेर्ने भनेको वितरण योग्य मुनाफा हो । एनआईसी एशिया बैंककाे वितरण योग्य मुनाफा हेर्दा बैंकले जम्मा १४ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ । यसरी बैंकले आफुले आफुलाई एक नम्बरको बैंक दावी गरे पनि बैंक अन्य केही बैंक भन्दा पछि रहेको छ । नबिल बैंक, नेपाल बैंक, स्ट्याण्डड चार्टर्ड, एभरेस्ट बैंकहरुले एनआईसी एशिया बैंक भन्दा धेरै लाभांश दिने क्षमता बनाएका छन् । त्यसैले लगानीकर्ताको दिशाबाट हेर्दा बैंकले आफुलाई एक नम्बरको बैंक भनेर दावी गर्ने अवस्था छैन् ।
अर्कोतर्फ बैंकले आफ्ना कर्मचारीलाई निकै पेल्ने गरेको र कर्मचारीहरुले तोकिएको समय भन्दा निकै धेरै समय काम गर्नु परेको चर्चा बजारमा चल्दै आएका चर्चा हुन् । एकपटक एकजना बैंकका कर्मचारीलाई सोध्दा “एनआईसी एशिया ! दिन पनि रात पनि” भन्दै बैंकको काम लगाउने प्रवृत्तिको व्यङ्ग हानेका थिए ।
हाल एनआईसी एशिया बैंकमा तुलसीराम अग्रवाल अध्यक्ष रहेका छन् भने संचालक सदस्यहरुमा त्रिलोकचन्द अग्रवाल, रामचन्द्र संघई, निकुञ्ज अग्रवाल, राजेन्द्रप्रसाद अर्याल, विनोदकुमार प्याकुरेल र गणेशमान श्रेष्ठ रहेका छन् । यसैगरि बैंकको उच्च व्यवस्थापनमा रोशनकुमार न्यौपाने सीईओको रुपमा कार्यरत छन् । त्यस्तै सुधिरनाथ पाण्डे नायव सीईओको रुपमा कार्यरत छन् ।
एनआईसी एशिया बैंकको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा शुन्य दशमलव ५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएका २७ शेयरधनी रहेका छन् । जसमध्य अशोककुमार अग्रवालको ६ दशमलव ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै जीवन बीमा कम्पनी मध्येको लिडर कम्पनी नेपाल लाईफ इन्स्योरेन्सको बैंकमा १० लाख १४ हजार कित्ता शेयर रहेको छ ।
बैंकमा कर्मचारी खर्चमा निकै धेरै रकम खर्च भएको छ। शेयरधनीले प्राप्त गर्ने वितरणयोग्य मुनाफा १ अर्ब ४४ करोड रहेकोमा बैंकले आर्थिक वर्ष ०७६/७७ मा २ अर्ब ९१ करोड कर्मचारी खर्च गरेको छ। अन्य वाणिज्य बैंकको तुलनामा यस बैंकमा तल्लो तहका कर्मचारीहरुको तलव भत्ता अत्यन्त कम भएको अप्रत्यक्ष रुपमा बुझिएको छ। तर उच्च तहका कर्मचारीहरुको तलव सुविधा भने निकै नै बढी रहेको छ । यसको मतलव आक्रामक व्यापारको नाममा उच्च व्यवस्थापनले निकै राम्रो सेवा सुविधा लिएको बुझ्न सकिन्छ ।
एनआईसी एशिया बैंकको आर्थिक वर्ष ०७६/७७ को चैाथो त्रैमास र आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
✍ खुद मुनाफामा सामान्य वृद्धि :
बैंकको खुद मुनाफामा सामान्य वृद्धि मात्र आएको छ । आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमाससम्म बैंकले ३ अर्ब १२ करोड खुद मुनाफा आर्जन गरेको छ भने आर्थिक वर्ष ०७५/७६को चौथो त्रैमाससम्म बैंकले ३ अर्ब २ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । यसरी खुद मुनाफामा ३ प्रतिशतको मात्र वृद्धि देखिएको छ ।
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा भने ९ प्रतिशतको वृद्धि देखिएको छ तर कम्पनीले जोखिमवापत १ अर्ब १२ करोड व्यवस्थापन गर्नु परेको छ । आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासमा बैंकले ५९ करोड ८९ लाख मात्र व्यवस्थापन गरेको थियो । खुद व्याज आम्दानी भने ९ प्रतिशतले वृद्धि भएर ७ अर्ब ६० करोड पुगेको छ।
✍ प्रतिशेयर आम्दानी घट्यो
कम्पनीको हाल चुक्ता पुँजी ९ अर्ब ७१ करोड रहेको छ । चुक्ता पुँजीमा १० प्रतिशतको वृद्धि देखिएको र खुद मुनाफामा ३ प्रतिशतको मात्र वृद्धि देखिएको कारणले गर्दा कम्पनीको प्रतिशेयर आम्दानी ६ प्रतिशतले कम हुँदै ३२ रुपैयाँ १२ पैसामा झरेकाे छ ।
✍ मूल्य आम्दानी अनुपात १७ गुणा :
कम्पनीको दोश्रो बजारमा श्रावण ३२ गतेको बजार मूल्य ५६६ लाई आधार मान्दा मूल्य आम्दानी अनुपात १७ दशमलव ७२ गुणा रहेको छ । यो मूल्य आम्दानी अनुपात अलिकता महँगो नै हो।
✍ संचित मुनाफा घट्यो :
बैंकको संचित मुनाफा घटेको छ । बैंकको संचित मुनाफा २० प्रतिशतले घटेर १ अर्ब ६९ करोड पुगेको छ भने जगेडा कोष ४६ प्रतिशतले वृद्धि हुँदै ५ अर्ब ८२ करोड पुगेको छ । शेयर प्रिमियम शिर्षकमा कुनै रकम छैन।
✍ निक्षेप संकलन र कर्जा प्रवाह राम्रै :
निक्षेप संकलन १८ प्रतिशतले वृद्धि हुँदै २ खर्ब १ अर्ब पुगेको छ भने कर्जा प्रवाह १२ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ६० अर्ब पुगेको छ ।
✍ खराब कर्जा वृद्धि :
खराब कर्जा ६३ प्रतिशतले वृद्धि हुँदै शुन्य दशमलव ७५ प्रतिशत पुगेको छ । आर्थिक वर्ष ०७५/७६को चौथो त्रैमासमा खराब कर्जा शुन्य दशमलव ४६ प्रतिशत मात्र थियो ।
✍ स्प्रेडदर घटाउन सफल :
नेपाल राष्ट्र बैंकले व्याजदर अन्तर अर्थात स्प्रेडदरमा आउने असार मसान्तसम्म ४ दशमलव ४० प्रतिशत कायम गर्नुपर्ने सीमा कायम गरेपछि बैंकको स्प्रेडदर घटेर ४ दशमलव ३९ प्रतिशतमा सिमित छ ।
✍ वितरण योग्य मुनाफा निकै कम :
कम्पनीले ३ अर्ब १२ करोड खुद मुनाफा गरेपनि बैंकले विभिन्न जगेडामा रकम व्यवस्थापन, कर्मचारीलाई तालिम खर्च, रेगुलेटरी रिजर्व र सामाजिक उत्तरदायित्यवको लागि रकम राखेर जम्मा १ अर्ब ४४ करोड बाँकी रहन्छ । यही वितरण योग्य मुनाफालाई आधार मान्दा बैंकको लाभांश दिने क्षमता जम्मा १४ प्रतिशत मात्र रहेको छ । कम्पनीको अहिलेको बजार मूल्यलाई आधार मान्दा कम्पनीले दिने लाभांश नगन्य हो ।
कम्पनीको सीसीडी अनुपात भने ७० दशमलव २९ प्रतिशत रहेको छ । बैंकले आधार व्याजदर भने कम गराउन सफल भएको छ । आधार व्याजदर थोरै घटेर ७ दशमलव ७० प्रतिशत पुगेको छ ।
नोट : वित्तीय विवरणको आधारमा गरिएको विश्लेषण हेरे पश्चात पुन अध्ययन गरेर लगानीको निर्णय लिनु होला। यो विश्लेषण पूर्ण नहुन पनि सक्छ। लगानी गर्ने वा नगर्ने बारेमा नेपालबहसले कुनै निर्णय दिएको हाेइन।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द
बैशाख २१, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
बैशाख २१, २०८१ शुक्रबार
छोटो अवधिमा सरकार परिवर्तन भइरहेन कुरा नेपालका लागि महारोग नै भयो: धनराज गुरुङ
बैशाख २१, २०८१ शुक्रबार
आगामी जेठ १३ गतेदेखि देशभर बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार