नेपाली कांग्रेस ‘बिपी’ कास्कीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपालबहस संवाददाता
भदौ १, २०७७ सोमबार १४:३७:५९
१ भदौ, गण्डकी । देशको विद्यमान समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस ‘बिपी’, कास्कीले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रमा कोरोना भाइरसको सङ्क्रमण वृद्धि तथा बाढी र पहिरोको विपत्तिबाट भौतिक तथा मानवीय क्षति भइरहेका अवस्थामा भ्रष्टाचारलगायतका विकृति विसङ्गति बढिरहेको भन्दै पार्टीको जिल्ला कार्यसमिति कास्कीले प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
सरकार मुलुकमा उत्पन्न भएको गम्भीर समस्यामा ध्यान नदिई नागरिकप्रति उत्तरदायित्व बहन गर्नुको साटो कोरोना महामारीबाट ग्रसित जनतालाई महँगी र कर वृद्धिको भार थोपर्नुमा व्यस्त रहेको सभापति चन्द्रबहादुर रानाभाटले आरोप लगाए ।
राष्ट्रिय मुद्दामा समेत सरकार दिन प्रतिदिन गैरजिम्मेवार बन्दै गइरहेको भन्दै ज्ञापनपत्रमा पार्टीले सात बुँदे माग अघि सारेको छ । मागमा भारत तथा अन्य मुलुकबाट आउने नेपालीका निमित्त सातवटै प्रदेशमा प्रतिजग्गामा अस्थायी दश हजार मानिस बस्ने क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । महिला र पुरुषका लागि खाने, बस्ने र शौचालयलगायतको छुट्टाछुट्टै व्यवस्था हुनुपर्ने भन्दै पार्टीले उनीहरुको पिसिआर परीक्षणलगायतको सम्पूर्ण खर्च सरकारले व्यवस्थापन गर्नुपर्ने भनेको छ ।
सङ्क्रमितको उपचारका लागि अनिवार्यरूपमा सहज ढङ्गले डाक्टर, नर्सको व्यवस्थासँगै उनीहरू स्वास्थ्य सुरक्षा, सामग्रीको उपलब्धता एवं बीमाको व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ । त्यस्तै अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीका निमित्त स्वास्थ्य सुरक्षाका आवश्यक सामग्रीको व्यवस्थापनलगायतका विषयलाई ज्ञापनपत्रमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने
जेठ १४, २०८१ सोमबार
कांग्रेस आफ्नो अडानमा अडिग छ, सरकारमा जाने हतारो छैन : नेता डा कोइराला
जेठ १४, २०८१ सोमबार
सरकारसंगको सम्झौता कार्यान्वयन भएन : महन्थ ठाकुर
जेठ १३, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका मह जोडीले चौतर्फी आलोचना भएपछि आलोचनापछि मागे माफी
जेठ १४, २०८१ सोमबार
बजेटको करिब १५ प्रतिशत रकम सामाजिक सुरक्षामा खर्च
जेठ १४, २०८१ सोमबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
कांग्रेस आफ्नो अडानमा अडिग छ, सरकारमा जाने हतारो छैन : नेता डा कोइराला
जेठ १४, २०८१ सोमबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
जेठ १४, २०८१ सोमबार