देउवा र पौडेलले लोभ नदेखाए कांग्रेसले राम्रो नतिजा ल्याउने विश्वास
कुसुम सेञ्चुरी
भदौ १, २०७७ सोमबार १९:१४:९
१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि फेरि सभापतिमा दोहरिने कसरतमा जुटिरहँदा उनकै सबैभन्दा विश्वासिला उपसभापति बिमलेन्द्र निधि विकल्पमा उभिएका छन् । यसले पार्टीको आन्तरिक संरचनामा कम्पन आएको छ । साँच्चै नै निधि देउवाको विकल्पमा उभिएकै हुन् त ? धेरैको जिज्ञाशा यही प्रश्नमा घुमेको देखिन्छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्– बिमलेन्द्र निधिले यदि साँच्चै आफूलाई सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गरेको हो भने त्यसले देउवामाथि ठूलो मनोवैज्ञानिक प्रभाव पर्छ । संस्थापन पक्षबाट देउवाको विकल्प पनि छ है भन्ने सन्देश प्रवाहित गरेर नेपाली कांग्रेसलाई उर्जाशील बनाउन सकिने अवस्था छ ।
संस्थापन पक्ष भनेको केवल देउवाको बपौती होइन हैं भन्ने सन्देश संप्रेषण गर्नसमेत निधिको प्रस्तावले काम गरेको उनको बुझाई छ । साथै, नेपाली कांग्रेसमा अब ७० वर्ष नाघेपछि रिटायर्डमेण्ट लिनुपर्छ भन्ने सन्देश दिन पनि निधिको प्रस्तावले राम्रो काम गर्ने विश्लेषक आचार्यले बताउछन् । सभापति देउवालाई पार्टीको अभिभावक भएर बस्न दवाव दिन सक्ने हैसियत बिमलेन्द्र निधिहरुकै बढी रहेकाले पनि यो प्रस्ताव उपयोगी हुने उनले स्पष्ट गरे ।
खासगरी निधिले अब नेपाली कांग्रेसमा सर्वसम्मत सभापति बनाउने वातावरण बनाउन यस्तो प्रस्ताव गरेका छन् । उनले हिजो एक कार्यक्रममा आफैंले सभापति पाउनुपर्ने भन्दा पनि सर्वसम्मत बनाइनुपर्ने कुरामै जोड दिए । तर यसका लागि देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने अब अभिभावकीय भूमिकामा रहनुपर्ने उनको शर्त छ ।
नेपाली कांग्रेसले अब देशको नेतृत्व नगर्ने हो भने देशको हालत कहालीलाग्दो अवस्थामा पुग्ने भएकाले निधिकै पुस्ताले त्यसको पहल थाल्नुपर्ने धारणा अर्का विश्लेषक तथा पत्रकार पुरुषोत्तम दाहालको छ । उनी भन्छन्– चौधौं महाधिवेशनमा निधि वा प्रकाशमान सिंह वा डा. शशाँक कोइरालाको पुस्ताले एकपटक पार्टीको नेतृत्व गर्नुपर्छ , अनि मात्रै कांग्रेसले नयाँ दिशा र गति लिने छ ।
यसका लागि निधि पनि एउटा सशक्त पात्र हुनसक्ने उनको ठम्याई छ । तर सर्वसम्मतिले नेतृत्व चयन भयो भने नेपाली कांग्रेसले नयाँ उँचाई लिने छ । उपसभापति भैसकेका निधि लामो समयदेखि नेपाली कांग्रेसको नेतृत्वमा रहेकाले यसपाला सभापतिमा उनको दावी स्वभाविक हुने पत्रकार दाहालको बुझाई छ ।
तर नेपाली कांग्रेसकै युवा नेता बद्री पाण्डे भने दोस्रो पुस्ताका नेताबीच स्वस्थ प्रतिस्पर्धा गराएर सभापति चयन गरियो भने त्यसले कार्यकर्तालाई उत्साही बनाउने धारणा राख्छन् । १५ औंं महाधिवेशन हुने बेलामा त अहिलेका युवापुस्ताले नै नेतृत्व दावी गर्ने अवस्थामा आइपुग्ने भएकाले अहिले नै दोस्रो पुस्ताले सेतुका रुपमा नेतृत्व गर्नुपर्ने उनको धारणा छ । प्रजातान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुनुलाई गलत भन्न नमिल्ने तर्क गर्दै उनी भन्छन्– दोस्रो पुस्ताका नेताहरुबीच स्वस्थ्य र मित्रवत व्यवहारका साथ प्रतिस्पर्धा होस्, त्यसैले सबैलाई समेटेर पार्टी सञ्चालन ग¥यो भने भावी पुस्ताका लागि समेत पाठ हुने छ ।
तर यसका लागि बुढा नेताहरुलाई अभिभावक बनाएर राख्नुपर्छ । सभापति देउवाले पटक पटक अवसर पाएको तर त्यसलाई शक्तिमा रुपान्तरण गर्न नसक्दा नै कांग्रेसको बेहाल भएको उनको भनाई छ । चारपटक प्रधानमन्त्री र झण्डै ६ वर्ष पार्टी सभापति भइसकेका देउवाले अब कांग्रेसलाई नयाँ उँचाईमा पु¥याउने कुनै सम्भावना देखिंदैन । त्यसैगरी अर्का नेता पौडेललाई पनि अब अभिभावककै रुपमा मात्र पार्टीले उपयोग गर्नसक्नुपर्ने उनको धारणा छ । वरिष्ठ नेता पौडेलले कार्यकारी प्रमुखका रुपमा पार्टी र सरकार चलाउने मौका नपाएकाले उनको क्षमताको परीक्षण हुन नपाएको भन्दै तर समग्र पार्टीको भविष्यका लागि त्याग गर्न उनले सुझाव दिए ।
कांग्रेस भित्रकै युवा नेताहरु अहिले पार्टी नेतृत्व गर्ने भन्दा दोस्रो पुस्तालाई एक कार्यकाल मौका दिने पक्षमा देखिएका छन् । त्यसका लागि अहिले चर्चामा रहेका दोस्रो पुस्ताका नेताहरु डा. शशाँक, डा. शेखर कोइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधिहरु मध्येबाटै एकजनाले कांग्रेसको सारथी बन्नुपर्ने युवा पुस्ताको सोच देखिएको छ ।
यस्तो वातावरण बनाउन सक्दा आगामी निर्वाचनमा कांग्रेसले राम्रो नतिजा ल्याउन सक्ने ठम्याई विश्लेषक आचार्यको रहेको छ । दोस्रो पुस्ताले पार्टी हाँक्ने र तेस्रो पुस्तालाई परिचालन गर्न सक्ने हो भने अबको निर्वाचनमा कांग्रेसलाई हराउने ताकत कम्युनिष्टमा नरहने उनको भनाई छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी आफैंमा चिरा परिसकेको र जनतामा व्यापक निराशा देखिएकाले पनि कांग्रेसको नेतृत्व गर्ने सही मानिस भयो भने भोट एकोहोरिने अवस्था रहेको छ । तर यसका लागि देउवा र पौडेलले भने त्याग गर्न सक्नैपर्छ– उनको भनाई छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
अर्थतन्त्रमा सुधार, २२ खर्ब ३२ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई साइबर क्राइम, कागजात किर्ते र मानहानी कसुरमा मुद्दा चलाइने
मंसिर ४, २०८१ मंगलबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
जग्गादानसम्बन्धी रिटमा आज पनि भएन सुनुवाइ
मंसिर ४, २०८१ मंगलबार