विश्वभर कोरोना सङ्क्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो
नेपालबहस संवाददाता
भदौ १, २०७७ सोमबार २२:२०:३२
१ भदौ, एजेन्सी । विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनका अनुसार सोमबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ७३ हजार ११४ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।
सङक्रमित मध्ये हालसम्म एक करोड ४५ लाख ६५ हजार १७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ९० हजार ६४२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६४ हजार ३२९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५५ लाख ६६ हजार ६३२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।
यस प्रकोपका कारण अमेरिकामा १ लाख ७३ हजार १२८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ५२ लाख ८४ हजार १८८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७६ हजार १२० जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा ६५ लाख ६५ हजार ७७४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ५३५ जनाको मृत्यु भएको छ । युरोपमा ३१ लाख ६७ हजार १८२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ३ हजार १४७ को मृत्यु भएको छ ।
एसिया ५६ लाख ६२ हजार १९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख २० हजार १७२ जनाको मृत्यु भएको छ ।अफ्रिकामा ११ लाख २३ हजार १४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार ६७८ जनाको मृत्यु भएको छ ।ओसियानामा २५ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४४७ जनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार