गभर्नर अधिकारी होम आइसोलेशनमा
नेपालबहस संवाददाता
भदौ १, २०७७ मंगलबार ०:४६:१९
१ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आइसोलेशनमा बस्नु परेको छ । कोरोना संक्रमितसँग सम्पर्कमा आएपछि उनी गत शुक्रबारदेखि होम आइसोलेशनमा बसेका हुन् ।
अहिले गभर्नर अधिकारीले भैसेपार्टीस्थित घरबाटै होम आइसोलेशनमा बसेर राष्ट्र बैंकको दैनिक कामकारवाही हेरिरहेका छन् । गत साता गभर्नर अधिकारीलाई प्रतिवेदन बुझाउन आएका एक इन्जिनियरमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसेका हुन् ।
राष्ट्र बैंकको नयाँ भवन निर्माणमा खटिएका एक इन्जिनियरलाई कोभिड–१९ पोजेटिभ देखिएको र ती इन्जिनियरले गभर्नर अधिकारीलाई भेटेको पाइएकोले गभर्नर होम क्वारेन्टाइननमा बस्नु परेको हाे । गत साता इन्जिनियरको एक टोली भैरहवा पुगेर त्यहाँको भवनको अवस्था अध्ययन गरी फर्किएको थियो । भैरहवाबाट फर्किएपछि उनीहरुको पीसीआर परीक्षण गराइएको थियो । त्यस मध्ये एक जनामा कोभिड–१९ पोजेटिभ रिजल्ट आएको थियो ।
अस्पतालले कन्ट्रयाक टेसिङ गर्ने क्रममा ती इन्जिनियरले गभर्नर अधिकारीलाई भेटेको बताएका थिए । त्यसपछि अस्पतालले तत्काल गभर्नरलाई जानकारी दिदै ६ दिन होम क्वारेन्टाइनमा बस्न र त्यसपछि पीसीआर परीक्षण गराउन सुझाव दिएको थियो । ‘शुक्रबार अस्पतालले जानकारी दियो, त्यसपछि उनी हाेम आइसोलेशनमा बस्नु परेकाे हाे । ‘३ गते पीसीआर परीक्षण गराउने र नतिजा नेगेटिभ आयो भने ४/५ गतेबाट अफिस जाने उनकाे तयारी छ । संक्रमितसँग सम्पर्क भएको पत्ता लागेपछि कोभिड मापदण्ड अनुसार गर्भनर अधिकारी स्वेच्छिक रूपमा आइसोलेशनमा बसेर घरबाटै कामकाज गरिरहेका छन् ।
लकडाउन अवधिभर पनि उनी सर्तकतापूर्वक राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयमा रातदिन खटेर कामकाज गर्दै आएका थिए । गत ०७६ चैत्र २५ गतेको पदवहालीदेखि उनी नियमित काममा अफिस आउने जाने गर्दै आएका छन् । राष्ट्र बैंकले गभर्नरसहित अधिकांश कर्मचारीहरुको नियमित कोरोना संक्रमण परीक्षण गरिरहेको छ । गत विहीबारदेखि फेरि दैनिक ७०/८० जना कर्मचारीको पीसीआर टेष्ट गराईरहेको छ ।
यस क्रममा गत साउन २९ गते विहीबार मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीमा कोभिड संक्रमण भएको रिपोर्ट आएको र भदौ १ गते सोमबारको परीक्षणमा वित्तीय जानकारी इकाइका एक कर्मचारीलाई पनि कोरोना पोजेटिभ देखिएको स्रोतले बतायो । शुक्रबार र आइतबार गरिएकाे परिक्षणमा सबै रिपाेर्ट नेगेटिभ आएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार