विद्यार्थी नेता रिहाईको माग गर्दै धौलागिरी क्याम्पसमा नेविसंघको तालाबन्दी
नेपालबहस संवाददाता
भदौ १, २०७७ मंगलबार १:९:३
१ भदौ, बागलुङ । नेपाल विद्यार्थी संघले धौलागिरी क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । विभिन्न विश्वविद्यालयमा रिक्त रहेका पदाधिकारीलाई नियुक्त गर्न र आफ्नो विद्यार्थी नेताको रिहाईको माग गर्दै नेविसंघले क्याम्पसमा तालाबन्दी गरेको हो ।
विश्वविद्यालयमा पदाधिकारी नियुक्ती, विना कारण थुनामा रहेका विद्यार्थीलाई रिहाई गर्नुपर्ने, हिजोदेखि बढेको पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिनुपर्ने माग गर्दै नेविसंघले धौलागिरी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको हो ।
नेविसंघ बागलुङका सचिव श्रीकृष्ण पौडेल, स्ववियु सभापति मनिष थापा मागर, सचिव विष्णुराज पौडेल, प्राविधिक विद्यार्थी परिषदका केन्द्रिय उपाध्यक्ष सुजन सापकोटा लगायतले क्याम्पसको गेटमा पुगेर तालाबन्दी गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयमा विभिन्न माग राख्दै आन्दोलन गरिरहेका विद्यार्थी थुनामा पर्नु, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालयमा पदाधिकारी नियुक्ती नगरिएको भन्दै क्याम्पसमा तालाबन्दी गर्नुपरेको नेविसंघका क्याम्पस सभापति दिनेश पन्तले बताए ।
आफ्ना माग तत्काल सम्बोधन नगरिए थप कडा आन्दोलन गर्ने पनि नेविसंघ बागलुङका सचिव श्रीकृष्ण पौडेलले चेतावनी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई साइबर क्राइम, कागजात किर्ते र मानहानी कसुरमा मुद्दा चलाइने
मंसिर ४, २०८१ मंगलबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार