कोरोना महामारी नियन्त्रणमा सरकारलाई नबिल बैंकको साथ, राहत कोषमा ६ करोड ५५ लाखको नगद योगदान

नेपालबहस संवाददाता
भदौ १, २०७७ मंगलबार १:५५:४३

१ भदौ, काठमाडौं । नेपालको न. १ बाणिज्य बैंकको रुपमा नाम लिइने नविल बैंकले कोरोना महामारी नियन्त्रणका लागि नेपाल सरकारलाई ६ करोड ५५ लाख सहयोग गरेको छ । गत आर्थिक बर्षमा ५५ लाख सहयोग गरेको नविलले चालु आर्थिक बर्षको शुरु मै कोरोना महामारी नियन्त्रणका लागि सरकारले बनाएको राहत कोषमा ६ करोडको नगद धनराशी सहयोग गरेको हो ।
बाणिज्य बैंक मध्ये सम्भवत यो नै अहिलेसम्मको सबैभन्दा ठूलो धनराशी हो । बैंकले बिगतदेखि नै सरकारी कोषमा नगद जम्मा गर्नेदेखि लिएर पीसीआर मेसिन किन्न समेत सहयोग गर्दै आएको छ ।
हिजो मात्र बैंकका सञ्चालक तथा संस्थागत सामाजिक उत्तरदायित्व समितिका संयोजक निर्वाण चौधरी र प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिलकेशरी शाहले संयुक्त रुपमा ६ करोडको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका छन् ।
यस रकमको सदुपयोगिताले कोरोना रोकथाम र उपचारमा ठूलै सहयोग हुने अपेक्षा बैंकले गरेको छ । उक्त रकम कोरोना राहत कोषमा निजी क्षेत्रको बैकिङबाट गरिएको सबैभन्दा ठूलो सहयोग रकम भएको दावी बैंकले गरेको छ ।
चेक हस्तान्तरण पश्चात सीईओ शाहले भने, ‘नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरू विरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पु¥याउन पाउनु ठूलो सम्मान हो ।’ ‘बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नविल बैंकका कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको हो र यो अनुदान प्रत्येक नविलियनको समर्पणको परिणाम हो’ सीईओ शाहले भने ।
नबिलले यस अघि कर्णाली प्रदेश सरकारलाई पीसीआर परीक्षण गर्ने मेसिन खरिद गर्नका लागि २८ लाख २५ हजार रुपैयाँ सहयोग गरेको थियो । कोरोना भाइरस नियन्त्रणका लागि संस्थागत रुपमा मात्र नभएर बैंक सञ्चालक समिति सदस्य तथा कर्मचारीहरुले समेत २६ लाख २८ हजार ८ सय ६७ रुपैयाँ यसअघि नै सरकारलाई हस्तान्तरण गथरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार