कुलमानको कार्यकाल दोहोर्याएर चार वटा जिम्मेवारी दिनुपर्छ : लोहनी
नेपालबहस संवाददाता
भदौ २, २०७७ मंगलबार १६:३६:३५
२ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई दोहो¥याउन माग गरेका छन् । कूलमानको कार्यकाल यसै महिना सकिन लागेका बेला उनले लोडसेडिङ हटाउने कूलमानलाई कार्यकारी निर्देशकमा फेरि चार बर्षका लागि नियुक्त गर्नुपर्ने माग गरेका हुन् ।
सरकारले प्राधिकरणको प्रमुखमा अरु कसैलाई ल्याउन कूलमानलाई हटाउने प्रयास गर्नु दुःखद हुने पनि उनले बताएका छन् । तर कूलमानलाई जिम्मेवारी दिदा केही नयाँ काम गर्ने मौका दिनुपर्ने पनि पूर्वमन्त्री समेत रहेका लोहनीको भनाई छ ।
नेपाललाई बिजुलीमा आत्मनिर्भर बनाउनुपर्ने, नयाँ शेयर किन्नेलाई प्रोत्साहन गर्नु लगायत छन् । लोहनीले कूलमानलाई कार्यकाल दोहो¥याउन लगाएर दिनुपर्ने जिम्मेवारी यसप्रकार राखेका छन :
१. भारतबाट हाल पनि नेपालको कुल खपतको ३० प्रतिशत हाराहारीमा विद्युत आयात हुन्छ । अब अर्को चार बर्षमा नेपाल पूर्ण रुपमा विद्युतमा आत्मनिर्भर हुनु पर्छ ।
२. कम्पनी राम्रै नाफामा जान थालेको परिवेशमा अबको चार बर्षभित्र थप पूँजी जनताको लागि शेयर बजारमा बेच्ने र प्राधिकरणमा जनताको स्वामित्व कमसेकम ५० प्रतिशत पु¥याउनुपर्छ ।
३. नयाँ शेयर किन्ने लगानीकर्तालाई कम्तीमा १२ देखि १५ प्रतिशत लगानीमा प्रतिफल सुनिश्चित गर्नुपर्छ ।
४. जलविद्युत बाहेक अन्य उर्जास्रोतबाट १० देखि १५ प्रतिशत विद्युत उत्पादन गर्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार