चौतारा–सीपाघाट सडकको दोस्रोखण्डको ठेक्का स्वीकृत
नेपालबहस संवाददाता
भदौ २, २०७७ मंगलबार १८:१२:१
२ भदौ , सिन्धुपाल्चोक । चौतारा–सीपाघाट–कात्तिके–काठमाडौं सडक आयोजनाअन्तर्गत सिन्धुपाल्चोकको झँर्याडी खोलादेखि सीपापोखरेको देउरालीसम्मको १२ दशमलव छ किलोमिटर सडकको ठेक्का सम्झौता भएको छ ।हाल कायम चारदेखि पाँच मिटर चौडाइको कच्ची सडकलाई स्तरोन्नति गरी नालीसहित आठ मिटर चौडा कायम गर्ने गरी कालोपत्र गर्न ठेक्का सम्झौता भएको हो ।
चालू आर्थिक वर्षदेखि काम सञ्चालन गर्न बोलपत्र आह्वान गरेकोमा प्यासीफिक इञ्जिनीयरिङ कम्पनी प्रालिका ठेकेदार ठाकुरप्रसाद कँडेललाई रु २९ करोड ४९ लाख ५९ हजार ९८२/३५ मा ठेक्का स्वीकृत भएको जिल्ला पूर्वाधार कार्यालयका इञ्जिनीयर सुजन भण्डारीले बताए । ठेक्काको अवधि २०७९ असार २७ गतेसम्म कायम रहेको छ । वाग्मती प्रदेश सरकारबाट चालू आवमा दोस्रो खण्डको सडक सुधारसहित कालोपत्र गर्न बहुवर्षीय योजनाअन्तर्गत रु ५४ करोड ७४ लाख ७८ हजार बजेट निकासा भएको थियो । कन्ट्रीजेन्सी रकम कट्टी गरी रु ४६ करोड ७३ लाखको बोलपत्र आह्वान गरिएको थियो ।
प्रदेश सरकारले चौतारा–सीपाघाट–कात्तिके–काठमाडौं सडकको नामकरणसहित बजेट निकासा भएको कार्यालयले जनाएको छ । चौतारादेखि सीपाघाटसम्मको २६ किलोमिटर सडकमा विगत दुई दशकदेखि यात्रु बस सञ्चालन हुँदै आएको छ । पहिलो खण्डअन्तर्गत चौतारादेखि सानु सिरुवारीको झँर्याडी खोलासम्मको नौ दशमलव ४४ किलोमिटर सडकको सुधारसहित कालोपत्र गर्ने काम गत वर्षदेखि हुँदै आएको छ । श्रेष्ठ सोवर्ण जेभीका ठेकेदार अर्जुन थापाले उक्त खण्ड आगामी असोजसम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरे पनि कोभिड–१९ महामारीका कारण देशमा लकडाउन(बन्दाबन्दी) भएपछि तोकिएको समयभन्दा पछि धकेलिएको छ ।
इन्द्रावती गाँउपालिकाअन्तर्गत सीपापोखरेको देउरालीदेखि सीपाघाट पुलसम्मको चार किलोमिटर सडकको निर्माण सडक डिभिजन कार्यालय दोलखाले थालनी गरेको थियो । ग्राभेलिङ र नालीसहित ८० प्रतिशत काम पूरा भएपछि देशमा सङ्घीयता लागू भएपछि जिल्ला पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेको उक्त सडकलाई आगामी आवमा कालोपत्र गरिने इञ्जिनीयर भण्डारीले बताए।
उक्त सडक सीपाघाटस्थित ढाँडखोलाको किनार हुँदै काभ्रे जिल्ला र काठमाडौंको शङ्करापुर नपा–८ स्थित कात्तिके हुँदै सालीनदी गएर टुङ्गिने छ । चौताराबाट साँखुको सालीनदीसम्म ५५ किलोमिटर मात्र पर्ने हुँदा भइरहेको सडकको दूरीभन्दा कम देखिएकाले आफ्नै सक्रियतामा गत आवदेखि बजेट विनियोजन गरिएको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार