प्रेस काउन्सिलमा सरकारको हस्तक्षेप, किशोरलाई हटाएर दुर्गालाई कार्यवाहक
कुसुम सेञ्चुरी
भदौ २, २०७७ मंगलबार १९:४:४९
२ भदौ, काठमाडौं । “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भनेजस्तो विवादको भुमरीमा परेको केपी ओली नेतृत्वको वर्तमान सरकार प्रेस जगतप्रति फेरि अनुदार देखिएको छ । सरकार गठन भएदेखि नै स्वतन्त्र प्रेसप्रति कर्केनजर लगाउने ओली सरकारले हिजो फेरि अर्काे वितण्डा मच्चाएको छ । प्रेस काउन्सिल ऐन, २०४८ को ठाडो उल्लंघन गरी सरकारले नै कार्यवाहक अध्यक्ष तोकेको छ ।
हिजो सम्पन्न मन्त्रिपरिषद बैठकले प्रेस काउन्सिल नियमावलीमा रहेको एक बुँदा संशोधन गरी सबैभन्दा कनिष्ठ सदस्य दुर्गा भण्डारी (पौडेल)लाई काउन्सिलको कार्यवाहक अध्यक्ष बनाएको हो । गत साउन २६ गते सरकारले रिक्त दुई सदस्यमा पुराना पत्रकार दीपक पाण्डे र दुर्गा भण्डारीलाई सदस्यमा नियुक्त गर्दै भोलिपल्टै मन्त्रिपरिषद वैठकले भण्डारीलाई कार्यवाहक तोकेको हो ।
काउन्सिल अध्यक्ष भवानी घिमिरेको विषयमा सर्वाेच्च अदालतमा मुद्धा विचाराधिन भएकाले वरिष्ठताको हैसियतले काउन्सिलका वरिष्ठ सदस्य किशोर श्रेष्ठलाई प्रेस काउन्सिल वोर्ड वैठकले कार्यवाहक दिइएको थियो । अध्यक्ष नभएका बेला सदस्यहरुले नै निर्णय गरी एकजनालाई कार्यवाहक तोक्ने ऐन मै भएको व्यवस्था बमोजिम वरिष्ठ पत्रकार श्रेष्ठ कार्यवाहकको भूमिकामा रहिरहेका बेला सरकारले त्यसलाई लत्याएको छ ।
प्रधानमन्त्री ओलीसँग व्यक्तिगत रुपमा तातो सम्बन्ध नरहेका श्रेष्ठलाई हटाउन धेरै अघिदेखि नै चलखेल भइरहेको थियो । पत्रकारिता क्षेत्रमा लामो समय बिताएका श्रेष्ठ व्यवसायिक पत्रकार मानिन्छन् । आम पत्रकारका समस्याबारे उनी संवेदनशील पनि छन् । तर स्वतन्त्र पत्रकारिताप्रति निर्मम देखिने ओली सरकार भने आफ्नो पक्षमा सक्रिय कार्यकर्तालाई उक्त भूमिका दिन चाहन्थे । त्यसैले ओलीकै ठाडो आदेशमा नियम कानून मिचेर कनिष्ठ व्यक्तिलाई कार्यवाहक दिएको बताइन्छ । नियमाबली संशोधन गरि कार्यवाहक तोक्ने बारे सञ्चार सचिव र मन्त्री डा. युवराज खतिवडा समेतले नमिल्ने बताइरहँदा प्रधानमन्त्री ओलीले जवरजस्त निणर्य गराएको बताइएको छ ।
झापा माईत भएकी दुर्गा भण्डारी पेशाले कानून व्यवसायी हुन् । पोखरा घर भएका पत्रकार पुण्य पौडेलकी धर्मपत्नी दुर्गा पत्रकारितामा लामो अनुभवसमेत नभएकी व्यक्ति हुन् । शिव गाउँले पत्रकार महासंघको अध्यक्ष हुँदा केन्द्रिय सदस्य रहेकी भण्डारी पत्रकारितामा स्नाकोत्तर भएपनि पछिल्लो समय कानुन व्यवसायको क्षेत्रमा बढी सक्रिय महिला हुन् । तर उनी पार्टी भित्र ओलीको अन्धभक्त र नेता माधव नेपाल तथा पुष्पकमल दाहाल प्रचण्डको चर्काे विरोध गर्नेमा पर्छिन् ।
यस्तै पत्रकार श्रेष्ठको कोपभाजनमा परेका झापाकै पत्रकार दीपक पाठकको पनि यो प्रकरणमा हात रहेको जानकार बताउँछन् । श्रेष्ठलाई हटाउन दीपक लामो समयदेखि ओलीसँग गुनासो गरिरहेका थिए । ओलीका विश्वास पात्र भएर पनि श्रेष्ठ लगायत पत्रकारको असहयोगले दीपक धेरै अवसरबाट बञ्चित हुनुपरेको पीडा रहेको छ । त्यसैको बदलामा अहिले दीपकले कार्यवाहक श्रेष्ठको हुर्मत लिएका हुन् । केवल डेढ महिना मात्र कार्यकाल बाँकी रहेका श्रेष्ठलाई अपमानित गरेर सदस्यमा झार्न दीपक सफल भएका छन् ।
सरकारको निर्णय गैरकानूनी भन्दै सर्वाेच्चमा प्रेस काउन्सिल वोर्डले निर्णय गरेरै रिट समेत दायर गरेको छ । उक्त रिट उपर भोलि नै सुनवाई हुनेछ । प्रेस काउन्सिललाई सरकारको कठपुतली बनाउन ओली सरकार लामो समयदेखि क्रियाशील थियो । त्यसमा श्रेष्ठलगायत अरु सदस्यहरु खिलबहादुर भण्डारी र गोपाल बुढाथोकी समेत बाधक भएकाले अहिले यस्तो निर्णय गरिएको बताइएको छ ।
यो प्रकरणमा सरकार सफल भयो भने स्वतन्त्र पत्रकारिताको घाँटी निमोठ्न अझै खतरनाक निर्णयसमेत हुनसक्ने बताइएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर
जेठ १४, २०८१ सोमबार
अल्पमतमा रहेका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर
जेठ १४, २०८१ सोमबार
कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
जेठ १४, २०८१ सोमबार
गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार
‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने
जेठ १४, २०८१ सोमबार