फिलिपिन्समा भूकम्पको धक्का, घरहरुमा क्षति
नेपालबहस संवाददाता
भदौ २, २०७७ मंगलबार २०:३७:१४
२ भदौ,एजेन्सी । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् ।
फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ । जमिनको सतहबाट करिब २१ किलोमिटर गहिराईमा आएको उक्त भूकम्पको केन्द्रविन्दु काटाइगान तटीय क्षेत्रनजिक रहेको थियो ।
मास्बेट प्रान्तीय प्रशासक रिनो रिभालोले काटाइगानमा सडकहरुमा धाँजा फाटेको तथा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए । उनले प्रभावित क्षेत्रहरुमा प्रहरी, सेना र अन्य उद्धारकर्मीहरु परिचालन भइसकेको पनि बताए ।
उक्त भूकम्पको धक्का मध्य भिसायास क्षेत्रका विभिन्न प्रान्तमा अनुभव गरिएको थियो । प्रशान्त महासागरीय राष्ट्र फिलिपिन्स भूकम्पीय जोखिममा रहँदै आएको छ । सन् १९९० मा उत्तर फिलिपिन्समा आएको शक्तिशाली ७।७ म्याग्नीच्यूडको भूकम्पबाट झण्डै दुई हजार व्यक्तिको ज्यान गएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार