प्रधानमन्त्री ओलीलाई थापाको पत्र : कोरोना नियन्त्रण गर्न नसके अवस्था भयावह हुनसक्ने चेतावनी
नेपालबहस संवाददाता
भदौ २, २०७७ मंगलबार २०:५७:४७
२ भदौ, काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले कोरोना भाइरस महामारीको मिलेर सामना गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै कांग्रेस युवा नेता थापाले कोरोना महामारीको मिलेर सामना गर्नुपर्ने भन्दै तत्काल यसको नियन्त्रणका लागि निर्णायक कदम चाल्न माग गरेका हुन् ।
ओलीको मपाईत्वका कारण कोरोना नियन्त्रण बाहिर गइसकेको भन्दै थापाले तत्काल यसलाई नियन्त्रण गर्न नसके अवस्था भयावह हुनसक्ने चेतावनी पनि दिएका छन् ।
‘सरकारले अलिकति पनि संवेदनशीलता देखाइदिएको भए यो क्रमलाई रोक्न सकिन्थ्यो । संक्रमितको पहिचान, आइसोलेसन, कन्ट्राक्ट ट्रेसिङ, टेस्टिङ र उपचार पद्धतिलाई चुस्त बनाएर समयमा नै काम गरेको भए स्थिति नियन्त्रणमा रहन्थ्यो’, पत्रमा उल्लेख छ।
थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टेट अफ इमर्जेन्सी’को अनभूति नगरेसम्म अन्य व्यक्ति कराएर केही नहुने बताएका छन् । उनले जनताको जीवन रक्षालाई पहिलो प्राथमिकतामा नराखेर पार्टीको किचलोमा समय खर्चेकोमा आपत्ति जनाएका छन्। संक्रमितको संख्यामा तीव्र वृद्धि भएको जनाउँदै थापाले देशभर एकै खाले रणनीतिले प्रभावकारिता ल्याउन नसक्ने बताएका छन् ।
हटस्पटमा कम्तिमा दुई साता जनस्वास्थ्य आपतकाल घोषणा गर्न प्रधानमन्त्रीलाई सुझाएका छन् । युद्धस्तरमा कार्य गर्नुपरेको सुझाउँदै नेता थापाले विगतमा जस्तै प्रभावहीन बनि बालुवाटामा नसुत्न प्रधानमन्त्रीलाई भनेका छन्। परीक्षणको दर बढाउन आग्रह गर्दै थापाले जसले परीक्षण गर्नै पर्ने हो तिनले नपाउने विधि अन्त्य गर्न सुझाएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई साइबर क्राइम, कागजात किर्ते र मानहानी कसुरमा मुद्दा चलाइने
मंसिर ४, २०८१ मंगलबार