राजश्व बोर्डको गठन कम्यूनिष्ट अर्थमन्त्रीको चाहना कि व्यवसायीको माग सम्बोधन ?
नेपालबहस संवाददाता
भदौ २, २०७७ बुधबार १:१३:४१
२ भदौ, काठमाडौं । उद्योगी एवं व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको राजश्व सम्बन्धि विवाद र यसको समाधानको लागि छुट्टै संयन्त्रको माग गरेबमोजिम नै सरकारले राजश्व बोर्ड गठन गरेको छ ।
गठन भएको बोर्डका अध्यक्षमा पूर्वसचिव महेश दाहाल नियुक्त भएका छन् । दाहाल पूर्व शिक्षा सचिव हुन् । उनी तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालका पालामा हङकङकाे महाबाणिज्य दूत पनि भएका थिए ।
सदस्यको रुपमा पूर्वसहसचिव निर्मलहरि अधिकारी नियुक्त भएका छन् । उनी अर्थमन्त्रालयमा सहसचिवबाट अवकाश भएका थिए। उनी त्यहाँ राजश्व महाशाखा प्रमुख थिए । अधिकारी अहिले राष्ट्रिय बाणिज्य बैंक सञ्चालक समिति अध्यक्ष छन् ।
उद्योगी तथा व्यवसायीहरुले हरेक वर्ष बजेट निर्माणमा सुझाव दिँदा यो माग समेट्ने गरेका थिए । मन्त्रीपरिषद्को बैठकले राजश्व बोर्डको अध्यक्षमा महेश दाहाल र सदस्यमा निर्मलहरि अधिकारीलाई नियुक्त गरिएको जानकारी सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अहिलेको सरकारले राजश्व फस्र्योट ऐन खारेज गरेको थियो । बेला-बेला सरकारले राजस्व फस्र्योट आयोग गठन गर्ने गरेको थियो । पछिल्लो समय गठन भएको आयोग अत्याधिक विवादमा समेत परेको थियो । जसको विरुद्द आयोगका सदस्यहरुलाई अख्तियारले समेत मुद्दा चलाएको थियो ।
अहिले विद्यमान रहेको राजश्व परामर्श समितिलाई नवगठित बोर्डले संरचनात्मक, नीतिगत र व्यवसायीमैत्री कर प्रशासन विकास गर्ने, कर सुधारका बारेमा अध्ययन गरेर सरकारलाई प्रतिवेदन दिने अपेक्षा राखिएको छ । बोर्डले निर्दिष्ट गरेका क्षेत्रलाई सरकारले कार्यान्वयन गर्नु पर्ने हुन्छ ।
राजश्व बोर्डको गठनमा कम्यूनिष्ट अर्थमन्त्रीको चाहाना कि व्यवसायीको माग सम्बोधन भन्ने आशंका पनि गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण गरेपछि विवादित बनेको विद्युतीय सवारी साधन, चकलेटको कर पुनरावलोकन लगायतका अन्य केही विवादित विषयहरुमा सहजीकरणका लागि पनि हतारहतार बोर्ड गठन गरिएको हुनसक्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार