हलो हलो भन्दै दवाव दिएमा राप्रपा फेरि फुट्न सक्ने अध्यक्ष थापाको चेतावनी
नेपालबहस संवाददाता
भदौ २, २०७७ बुधबार ०:६:५६
२ भदौ, काठमाडौं । राप्रपाका त्रयमध्ये एक अध्यक्ष कमल थापाले चुनाव चिन्हको विवादले पार्टी एकता नटुट्ने बताएका छन् । पछिल्लो समय राप्रपाको चुनाव चिन्ह हलो कि गाई भनने बारे पार्टी कार्यकर्ता र नेताहरु बीच विवाद र बहस भैरहँदा अध्यक्ष थापाले चुनाव चिन्ह प्राविधिक विषय भएपनि गाई नै राख्नु पर्ने आशय व्यक्त गरेका छन् ।
आज एक वक्तव्य जारी गर्दै अध्यक्ष थापाले भनेका छन्, “राप्रपा र राप्रपा संयुक्तका बीच एकिकरण हुॅदा सम्झौताको दफा (९) मा “पार्टीको चुनाव चिन्ह ६ महिना भित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुनेछ” भन्ने स्पष्ट र किटानीका साथ उल्लेख भएको छ । यो सहमति हतारमा वा बेहोसी अवस्थामा गरिएको होईन । महिनौंको छलफल, विवाद र बहसपछि उक्त सहमति गरिएको हो। त्यसर्थ, उक्त सहमतिको सम्मान हुनुपर्छ ।”
“पार्टीको बृहत्तर हित र एकतालाई अक्षुग्ण राख्न नेतृत्वले समयमा आवश्यक,उपयुक्त र साहसिक निर्णय गर्नेछ । कसैले भावुक बनेर पक्ष विपक्षमा वकालत वा मत बनाउनु पर्दैन, आवश्यक छैन । भोली सहमति र प्रक्रियागत ढंगबाट ‘गाई’ वा ‘हलो’ मध्य एक निर्णय हुने नै छ । यो विवादले पार्टी एकता टुट्दैन । ढुक्क भए हुन्छ” उनले सो वक्तव्यमा उललेख गरेका छन् ।
तर, चुनावचिन्ह प्राविधिक बिषय हो, जे चिन्ह राखेपनि हुन्छ भन्नेहरुलाई कडा जवाफ दिँदै थापाले राप्रपा नेपाल हुँदै राप्रपासम्म आईपुग्दा गरिएको संघर्षलाई शायद बिर्सिएका छन् वा अनुभूत गरेका छैनन् । गाई चुनाव लिन पनि सदनदेखि सडकसम्म संघर्ष गर्नु परेको छ। संविधान जारी भएपछि राष्ट्रिय जनावर र हिन्दु धर्मको प्रतिक ‘गाई’ चुनावचिन्ह दिन मिल्दैन भनेर ऐनको मस्यौदा गरियो । राप्रपाका सासंदहरूको जोडबलबाट पहिले पाईसकेको चिन्हका हकमा भने त्यो व्यवस्था लागु नहुने प्रवाधान थप गरिएको स्मरण गराएका छन् ।
‘गाई’ चुनाव चिन्हमा राप्रपा कै ईतिहासमा अहिलेसम्मको सर्वाधिक(समानुपातिकमा करिब करिब ७ लाख) मत परेको बताउँदै थापाले अहिले पनि राप्रपाका ९५ प्रतिशत स्थानीय तहका प्रतिनिधि, एक संघीय सांसद र ३ प्रदेशसभा सांसद ‘गाई’ चिन्हबाट निर्वाचित भएको दावी गरेका छन् । ‘गाई’तुलनात्मक रूपले अत्यन्त लोकप्रिय चिन्ह भएकोमा जोड दिँदै उनले २०४७ साल जेठ १५ गते राप्रपा स्थापना हुँदा दुई घटक मध्य एकको चुनावचिन्ह ‘गाई’ भएको इतिहासलाई दोहो¥याएका छन् । फेरी, राप्रपाको मुख्य एजेण्डा हिन्दु राष्ट्र भएकाले हिन्दुत्वको प्रतिक ‘गाई’ भएको वास्ततिकता थाहा हुँदा हुँदै राप्रपा कै केही साथीहरू चुनाव चिन्ह जे भएपनि हुन्छ भन्दै हिंडेको देख्दा आफ्नो चित्त दुखाई रहेको उनको गुनासो छ ।
यद्दपि चुनाव चिन्हका बारेमा देखिएको विवाद सामान्य भएको बताउँदै उनले यसलाई धेरै महत्व नदिएको प्रष्ट पारेका छन् । उनले भनेका छन्, “यो समाधान हुन्छ। तर, पार्टी एक भएर व्यक्तिहरू एक ठाउॅमा उभिंदैमा राप्रपाको पक्षमा आकाशबाट ‘भोट’ बर्षा हुने हैन । पार्टी एकिकरण भएको करिब ६ महिना पुग्दैछ। तर, एकताको भावना अनुसार किन गति लिन सकेको छैन ? कांग्रेस कम्युनिष्ट असफल भएर जनताले विकल्प खोजिरहेको बेला किन हामीले आफूलाई भरपर्दो विकल्पका रूपमा प्रस्तुत गर्न सकेका छैनौं ? हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा जनमत र आकर्षण बढिरहेको बेला हामीले आफ्नो उपस्थिति किन देखाउन सकेका छैनौं ?” भन्दै यी र यस्ता बिषयमा बहस र चिन्तन केन्द्रित हुनुपर्नेमा उनको जोड छ ।
“चुनाव चिन्हको विवादले एकता रोकिंदैन, अडकिंदैन । तर, त्यसबाहेकका अन्य महत्वपूर्ण बिषयमा समयमा ध्यान गएन भने एक भएर पनि गन्तव्यमा पुग्न सकिन्न । पार्टी संगठन र पार्टीको विचारको प्रभाव बिस्तार यान्त्रिक ढंगबाट हुँदैन । त्यसका केही अनिवार्य पूर्वशर्तहरू छन्। त्यतापट्टी सबैको ध्यान जानु आवश्यक रहेको अध्यक्ष थापाको भनाई छ ।
निश्चय पनि पार्टीको एकतालाई कायम राख्न आफुले कुनै कसर बाँकी नराख्ने बताउँदै थापाले ‘बोल्ड’ निर्णय गरेर पनि पार्टी एकता जोगाउने दावी गरेका छन् । तर, गैर जिम्मेवार कुरा गर्ने, राप्रपा भित्रै छिद्र पार्ने वा मिर जाफर प्रवृत्ति कायम गर्ने कार्यले भने परिणाम उल्टो हुनसक्ने उनले चेतावनी पनि दिएका छन् । आफु कहिल्यै दवावमा काम नगर्ने प्रवृत्तिको भएको दावी गर्दै थापाले हलो हलो भनेर जोड गरे पार्टी फुट्न सक्ने थापाको कुटनीतिक चेतावनी पनि छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार