सरकारी नियुक्ति र बर्खास्तीबारे प्रचण्डको कडा आपत्ति
नेपालबहस संवाददाता
भदौ ३, २०७७ बुधबार १८:४९:१६
३ भदौ, काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद मिलाउन एकातिर कार्यदल बनाइएको छ भने अर्कातिर सरकार भने भटाभट नयाँ नियुक्ति र बर्खास्ती गर्न आतुर देखिएको छ । भागबण्डाबाटै आन्तरिक एकता मजबुत बनाउने नेताहरुको सहमति विपरित प्रधानमन्त्री केपी ओलीले एकलौटी गर्न नछाडेपछि विवादले नयाँ रुप लिने छाँटकाँट देखिएको छ ।
यसले गर्दा दुई अध्यक्षबीचको विश्वास फेरि खल्बलिन पुगेको कतिपय नेताहरुको भनाई छ । पार्टी भित्रको आन्तरिक एकता बलियो बनाउन भागबण्डा गर्न नेताहरु सहमत भर्ई कार्यदल बनाइएको हो । तर कार्यदलले खाका तयार गरिरहँदा प्रधानमन्त्री केपी ओली भने सरकारी नियुक्ति एकलौटी गर्न कस्सिएपछि फेरि चिसो बढेको छ ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीसँग सरकारी नियुक्ति गलत र विवाद बल्झाउने नयाँ कारण बन्न सक्ने चेतावनी दिएका छन् । खासगरी प्रेस काउन्सिल नेपालमा गरिएको पछिल्लो नियुक्तिले सहमतिको प्रयास भाँडिन सक्ने भन्दै प्रचण्डले कडा आपत्ति जनाएका छन् ।
प्रचण्ड निकट स्रोतका अनुसार, हिजै ओलीसँगको भेटमा यस्तो प्रक्रिया नरोक्ने हो भने कार्यदल नै भंग गरिदिए हुने भन्दै प्रचण्डले असन्तुष्टी व्यक्त गरेका हुन् । सरकारले प्रेस काउन्सिलको रिक्त सदस्यमा दुई जनालाई नियुक्त गरेको छ । जसमा पत्रकार दीपक पाण्डे र दुर्गा भण्डारी रहेकी छन् । साथै किशोर श्रेष्ठलाई काउन्सिलको कार्यवाहक अध्यक्षबाट हटाएर नवनियुक्त सदस्य दुर्गा भण्डारीलाई सो जिम्मेवारी दिइएको छ ।
सरकारको यो निर्णयबाट नेकपा भित्र ठूलै हडकम्प मच्चिएको छ । ओली इतर पक्षले यो प्रकरणलाई ठूलै मुद्धा बनाउने देखिएको छ । ओलीविरुद्ध देखिएका श्रेष्ठलाई पदमुक्त गर्न लामो तयारी गरिएको थियो । बामदेव गौतम निकट मानिएका श्रेष्ठले ओली सरकारको मिडियाप्रतिको रबैयाको विरोध गर्दै आएका छन् । त्यसैले उनलाई हटाएर भण्डारीलाई जिम्मेवारी दिइएको हो । सरकारको उक्त निर्णयविरुद्ध सर्वाेच्च अदालतमा श्रेष्ठले रिट निवेदन समेत दायर गरेका छन् ।
एकातिर सहमतिमा चल्ने भन्ने र सोही अनुसार कार्यदल बनाउने, अर्कातिर एकलौटी नियुक्ति र बर्खास्ती गर्ने ओलीको दोहोरो चरित्रको प्रचण्ड कम्रेडले विरोध गर्नुभएको हो– स्रोतको भनाई छ । पार्टी भित्र देखापरेको गतिरोध हटाउन नेताहरु भागबण्डामा सहमत भएर त्यसलाई कार्यरुपमा उतार्न ६ सदस्यीय कार्यदल बनाइएको छ । पार्टी महासचिव विष्णु पौडेलको नेतृत्वमा बनाइएको कार्यदलले काम थालिसकेको छ । कार्यदललाई सचिवालय बैठकले समेत अनुमोदन गरको छ ।
सोही कार्यदलले दिने सुझावका आधारमा मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक अंगमा समेत भागबण्डा गर्ने तयारी भइरहेको छ । कार्यदलले सुझाव दिनु अगाबै सरकार भने नियुक्ति र बर्खास्ती गर्न उद्यत् छ । यसअघि पनि आफैंले नियुक्त गरेको गोरखापत्र संस्थानको विज्ञ सल्लाहकार टीकाराम राईलाई समेत ओली सरकारले पदमुक्त गरेको थियो । संस्थान सुधार गर्न कस्सिएका राईले पनि आफूविरुद्ध अन्याय भएको भन्दै सर्वाेच्चमा रिट हालेका छन् । उनको रिट उपर सुनवाई भइरहेको छ । तर अहिलेसम्म कुनै आदेश दिएको भने छैन ।
सञ्चार प्रतिष्ठान तथा नियामक निकायमा सुधार गर्न लागिपरेका पत्रकारहरु राजनीतिक रुपमा आफू निकट नै भएपनि ओली भितर पक्षलाई भने मन परेको छैन । त्यसैले यस्ता पात्रहरुलाई निरुत्साहित गर्न थालिएको छ । यही प्रक्रियाबाट सरकार अगाडि बढ्ने हो भने कार्यदलको औचित्य नै छैन भन्दै प्रचण्डले तत्काल नियुक्ति र बर्खास्ती गर्ने काम रोक्न चेतावनी समेत दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार