सरकारले ठाडाे हस्तक्षेपमार्फत काउन्सिललाई गुटगत अखडा बनाउन खोज्यो : प्रवक्ता शर्मा
नेपालबहस संवाददाता
भदौ ३, २०७७ बुधबार २०:३३:२९
३ भदौ, काठमाडौं । नेपाली कांग्रेसले प्रेस काउन्सिल नेपाललाई सरकारले प्रधानमन्त्री निकट गुटको नियन्त्रणमा राख्ने ढंगले कदम चालेको बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति निकालेर नेकपा सरकार गठन भएदेखि नै प्रेस स्वतन्त्रता कुण्ठित बनाउन गरिएका कर्मको पछिल्लो उदाहरण प्रेस काउन्सिल प्रकरणमा देखिएको उल्लेख गरेका छन्।
शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रश्न व्यक्तिको होइन विधिको हो, प्रश्न नेपाली प्रेसलाई स्वतन्त्र ढंगले कार्य गर्न सहज तुल्याउने र प्रेसलाई मर्यादित राख्न कसैको दवाव मुक्त उत्प्रेरणाको कार्य गर्ने थलोको हो ।’ उनले अघि भनेका छन्, ‘सरकारले ठाडै हस्तक्षेपमार्फत काउन्सिललाई नेकपा, त्यहाँभित्र प्रधानमन्त्री निकट गुट, अझ त्यहाँ भित्रपनि केही निश्चित व्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालिएको कदमप्रति नेपाली कांग्रेसको प्रष्ट विमति छ ।’
जिम्मेवारीमा को थिए वा को ल्याइएको छ भन्ने आफ्नो चासो नभएको तर सरकारले काउन्सिललाई गुटगत प्रचारकाे गोटी बनाउन खोजेको आभास भएको कांग्रेसकाे आराेप छ । साथै सरकार नियन्त्रित प्रेसको बोटामा रहेको भन्दै उसले पत्रकार महासंघ, प्रेस युनियन र अन्य सरोकारवाला संस्थाहरुसँग संवाद र सहमति बेगर गरिएका र गरिने कुनैपनि कदममा आफ्नो समर्थन नरहने कांग्रेसले प्रष्ट पारेको छ । र, सरकारले कार्यबाहक अध्यक्ष तोक्ने निर्णय फिर्ता लिन माग गरेको छ ।
काउन्सिल ऐनसँग बाझिने गरी नियमावली संशोधन गर्दै सरकारले हालै काउन्सिलमा कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो । पोखराकी दुर्गा भण्डारी पौडेललाई सोमबारको मन्त्रिपरिषद बैठकले काउन्सिलकाे कार्यवाहक अध्यक्ष नियुक्त गरेपछि सर्वत्र आलोचना भइरहेको छ।
काउन्सिलमा कार्यवाहक अध्यक्ष छान्ने अधिकार काउन्सिलकै सदस्यलाई ऐनले दिए पनि सरकारले नियमावली संशोधन गरी आफैं कार्यवाहक अध्यक्ष तोकेपछि स्वायत्त निकायमा सरकारले हस्तक्षेप गरेको भन्दै आलोचना भएको हो । काउन्सिलले यसबारे सर्वोच्चमा रिट समेत दिएको छ।
प्रेस काउन्सिलमा सरकारको हस्तक्षेप, किशोरलाई हटाएर दुर्गालाई कार्यवाहक
र यो पनि पढ्नुस :
काउन्सिल काण्डमा राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्मा बर्खास्त !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको टीओआरमा सहमति
जेठ १५, २०८१ मंगलबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजा गरिन्छ
जेठ १५, २०८१ मंगलबार
चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन
जेठ १५, २०८१ मंगलबार
आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य
जेठ १५, २०८१ मंगलबार
प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब बजेट दिइने
जेठ १५, २०८१ मंगलबार
गाजाको व्यवसायिक उत्पादनका लागि कानुनी व्यवस्था गरिने
जेठ १५, २०८१ मंगलबार