काउन्सिलमा अध्यक्ष श्रेष्ठलाई काम गर्न दिन सर्वोच्चको आदेश
नेपालबहस संवाददाता
भदौ ३, २०७७ बुधबार २२:२८:१८
३ भदौ, काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । बुधबार सर्वोच्चले जारी गरेको आदेशमा प्रेस काउन्सिल ऐन विपरित मन्त्रिपरिषदबाट पारित भएको नियमावली कार्यान्वन नगर्न नगराउन उल्लेख छ ।
यससँगै नियमावलीबाट कार्यवाहक अध्यक्षमा नियुक्त दुर्गा भण्डारीले काम गर्न नपाउने भएकी छन् । सर्वोच्चको आदेशले हालका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई काम गर्ने बाटो खुला गरेको छ । सर्वोच्चबाट अन्तरिम आदेश पाएपछि अध्यक्ष श्रेष्ठले प्रेस काउन्सिलको स्वायत्तता जोगिएको प्रतिक्रिया दिएका छन् ।
‘प्रेस काउन्सिलको स्वायत्तता जोगियो । सरकारद्वारा जारी पूर्वाग्रहपूर्ण र ऐन विरोधी नियमावली सर्वोच्चबाट रोक’ श्रेष्ठले फेसबुकमा लेखेका छन, ‘हाल कार्यरत कार्यवाहक अध्यक्षलाई काम गर्न रोक नलगाउने आदेश ।’
सरकारले गएको सोमबार ऐनविपरित मन्त्रिपरिषद बैठकबाट नियमावली संशोधन गरेर हालै सदस्यमा नियुक्त गरिएकी दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्ष तोकेर श्रेष्ठलाई हटाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
युक्रेनमा पुनः रूसी हमला एक जना बालकसहित सात जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार