बजारमा दोहोरो अङ्कको पहिरो, यस्तो छ मनोवैज्ञानिक कारण !
आर्थिक संवाददाता
भदौ ३, २०७७ बुधबार २३:१५:३०
भाद्र ३, काठमाडाैं । भोलिदेखि काठमाडाैंमा हुने निषेधाज्ञाको प्रभाव आज दोश्रो बजारमा देखिएको छ । नेप्से परिसूचक १ दशमवल १८ प्रतिशतले घटेको छ । आज १८५ कम्पनीको शेयर कारोवार हुँदा ९७ करोडको ६२ लाख बराबरको शेयर कारोवार भएको छ । कारोवार रकम हिजोको भन्दा घटेको छ। नेप्से परिसूचक १६ दशमलव ६० अंकले घट्दै १३९१ दशमलव २९ को विन्दुमा शेयरबजार बन्द भएको छ।
शेयरबजारमा लगानीकर्ताको मनोविज्ञानको ठूलो असर पर्ने भएकोले लगानीकर्ताहरु कोरोना संक्रमणको कारण देखाएर आत्तिएको अवस्था देखियो। संसारमा कोरोना संक्रमण धेरै देशमा देखिएको र हाम्रो छिमेकी शेयरबजारमा पनि बजारले एउटा लय समातिसकेको हुनाले लगानीकर्ताहरुले त्यति धेरै आत्तिनु पनि नपर्ने जानकारहरु बताँउछन ।
आज बजार १४०९ दशमलव ४४ को विन्दुमा खुलेकोमा बजारले ११ बजेर १४ मिनेटमा १३८७ दशमलव २४ को न्यून विन्दुसम्म पुगेको थियो । बजारको उच्च विन्दु र खुला विन्दु एकै रहेको छ, यसको अर्थ बजारमा बिक्रीकर्ता नै हावी भएको देखिन्छ।
आज नागरिक लगानी कोषको शेयर सर्वाधिक कारोवार भएको छ । नागरिक लगानी कोषको ८ करोड ०९ लाख बराबरको शेयर खरिद बिक्री भएको छ ।
सम्वृद्धि फाइनान्स , पन्चकन्यामाई हाईड्रोपावर, युनियन हाईड्रोपावर, छ्याङदी हाइड्रोपावर र साधना लघुवित्त सर्वाधिक कमाउने ५ कम्पनी हुन भने सर्वाधिक गुमाउने ५ कम्पनीमा प्रडेन्सियल इन्स्योरेन्स, मितेरी डेभेलपमेण्ट बैंक , रैराङ्ग हाईड्रोपावर, हिमाल दोलखा पावर र अरुण भ्याली हाईड्रोपावर रहेका छन् ।
✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १४३० । प्रतिरोध १ः १४१५ । टेवा १ः १३८० । टेवा २ः १३६२
✍आज पनि शेयर बजारको प्रवृत्ति हेर्दा कारोबारको पहिलो समयमा बजार घटे पनि पछिल्लो अधिकांश समय बजार प्रवृत्तिहिन रहेको छ। आजको बजार प्रवृत्तिले बियरिस मैनबत्तीको चित्र बनाएको छ। यसले बजारमा विक्रेताको चाप रहेको जानकारी गराउँदछ ।
✍दैनिकी अवधिमा “आरएसआई” ४८ को बिन्दुमा छ। यसको प्रवृत्तिले बजार सामान्य रहेकोे छ।
✍“एडीएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले दिएको संकेत प्रभावकारी देखिन्दैन।
✍“अन ब्यालेन्स भल्यूम” ले बजारमा क्रेताको चाप हुन सक्ने जानकारी दिए पनि बजारको प्रवृत्तिले हालसम्म समर्थन गरेको देखिन्दैन।
✍बजार बढेमा पहिलो प्रतिरोध १४१५ को क्षेत्रमा रहेको देखिन्छ । त्यस्तै, हाल बजारको तत्कालिन टेवा १३८० को क्षेत्रमा रहेको देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार