‘मेरो शेयर’को वेवसाइटले ४० हजार भिजिटर पनि थाम्नसकेन
नेपालबहस संवाददाता
भदौ ४, २०७७ बिहिबार २१:४३:७
४ भदौ, काठमाडौं । शेयरहरु अभौतिकरण गरी सबै काम सिस्टमबाट नै गर्ने गरी शेयरको अनलाईन कारोबार शुरु भएको धेरै महिना बितिसकेको छ । तर पनि सिस्टम भने अझै काम चलाउ रहेकाे प्रामाणित भएको छ । अनलाईन शेयर कारोबारका लागि निर्विकल्प रहेको मेरो शेयरमा एकै पटक भिजिटर लगिन बढ्दा वेवसाइट नखुल्ने, खुले पनि ड्यास बोर्ड नदेखाउने समस्याहरु देखिएकाे छ । हिजोसम्म अनलाईमा आफ्ना सम्पूर्ण शेयरबारे हेर्ने र जानकारी लिने लगानीकर्ताहरुलाई एक्कासी साइडमा यस्तो समस्या देख्दा अश्चर्यमा परेका थिए । तीनवटा कम्पनीले एकैपटक आईपीओ निष्काशन गरेपछि बढी लोड हुँदा मेरो शेयरमा समस्या देखिएको वा अन्य कुनै कारणले हो त्यो विषयमा भने कुनै सुचना आएको छैन ।
बुधबारदेखि लिबर्टी इनर्जी, बिहीबारदेखि रिलायन्स लायफ इन्स्योरेन्स र समाज लघुवित्तको आईपीओ बिक्रीमा ल्याएका छन् । सीडीएससीका अनुसार प्राय दैनिक १६ हजारसम्म लोड हुने गरेको सो साइडमा बिहीबार ४० हजारभन्दा माथि भिजिटरहरुले एकै पटक लगइन गरिरहेका छन् । साइडमा समस्या देखिएपछि एक लगानी कर्ताले फोन मार्फत सीडीएस एण्ड क्लियरिङ्गको कार्यालयबाट जानकारी लिन खोजेको बताए । लगानीकर्ताले नेपालबसहलाई भने फोन उठ्यो, कार्यालयमा कोही नभएको जानकारी सुरक्षा गार्डले दिए । गार्डले रेडिमेट जानकारी दिँदै भने : आज साइडमा हल्का समस्या छ, तीन वटा कम्पनीको आईपीओ एकै पटक खुलेका कारण यस्तो भएको हो ।
आजबाट लागू हुनेगरी निषेधाज्ञा जारी भएका कारण बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द छन् । भौतिक रुपमा बेंकमार्फत आवेदन गर्न पाउने अवस्था नभएका कारण पनि लगानीकर्ताहरु अनलाईनमा आकर्षित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार