कांग्रेसद्धारा निषेधाज्ञाबाट प्रभावित जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण
नेपालबहस संवाददाता
भदौ ४, २०७७ शुक्रबार १:३८:१२
४ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकभर बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रभावित जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि योजना बनाउन आग्रह गरेको छ ।
कांग्रेसले आज एक विज्ञप्तिमार्फत निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, विद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपाङ्गता भएका व्यक्तिलगायतलाई हातमुख जोर्न सङ्कट पर्न सक्ने अवस्था आउने उल्लेख गरेकोे छ । त्यसबारेमा समयमै योजना निर्माण गरिराख्नु राज्यको कर्तव्य भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा जनाएको छ । कांग्रेसले ती सबै वर्ग र समुदायका तर्फबाट सरकारलाई यसबारे आवश्यक ध्यानाकर्षण गराएको छ ।
कोरोना भाइरसको बढ्दो संक्रमणका कारण देशको आधाभन्दा बढी भू–भागमा यतिबेला बन्दाबन्दीदेखि निषेधाज्ञासम्म जारी छ । देशको राजधानी काठमाडौं उपत्यका निषेधाज्ञाका कारण एक ढंगले ठप्प स्थितिमा छ र यसले समग्र जन जीवनलाई कष्टकर बनाएको प्रवक्ता शर्माले उल्लेख गरेका छन् । “नियमित जीवनमा व्यवधान व्यहोरेर जनताले कोरोना विरुद्धको संघर्षलाई साथ दिइरहेका छन् ।
सरकारमा सँगै नरहेर पनि सङ्कटमा संगै लड्न सकिन्छ भन्ने मान्यता पुनः दोहो¥याउंदै काँग्रेस कोरोना विरुद्धको संघर्षमा संयम, सशक्तता र एकताका लागि सरकार र समुदायमा हार्दिक अपील गर्दछ”, विज्ञप्तिमा उल्लेख छ । बन्दाबन्दी या निषेधाज्ञा आफैमा समाधान होइनन् भन्ने पुष्टि विगतको १२० दिन लामो बन्दाबन्दीले गरिसकेको र यो केवल रक्षात्मक रणनीति मात्रै भएको उल्लेख गर्दै कांग्रेसले कोरोनाविरुद्धको संघर्षलाई चुस्त बनाउन यो स्थितिको उपयोग गर्ने अधिकतम क्षमता अब सरकारले प्रस्तुत गर्नुपर्ने सुझाव दिएको छ । साथै विगतमा गरिएका कमजोरी र गल्तिहरुबाट पाठ सिकेर युद्धस्तरमा कार्य गर्ने स्थितिको विकास हाल जारी निषेधाज्ञाको समयमा गर्न आग्रह गरिएको छ ।
कांग्रेसले प्रतिकुल वातावरणबीच फ्रन्ट लाइनमा काम गरिरहेका स्वास्थकर्मीदेखि सफाइकर्मीसम्म अनि सुरक्षा ब्यवस्थापन सम्हालिरहेका सुरक्षाकर्मीदेखि सूचना सम्प्रेषण गरिरहेका सञ्चारकर्मीसम्मलाई उच्च सम्मान गर्दै आवश्यक भौतिक सामग्रीदेखि मनोवैज्ञानिक सहजतासम्मको सम्पूर्ण सहजीकरणमा कुनै सम्झौता नगरी कार्य गर्न सरकारलाई अपील र आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको टीओआरमा सहमति
जेठ १५, २०८१ मंगलबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
प्रदेश र स्थानीय तहलाई अनुदान कति ?
जेठ १५, २०८१ मंगलबार
जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजा गरिन्छ
जेठ १५, २०८१ मंगलबार
चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन
जेठ १५, २०८१ मंगलबार
आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य
जेठ १५, २०८१ मंगलबार
प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब बजेट दिइने
जेठ १५, २०८१ मंगलबार