विदेशबाट फर्किनेका लागि क्वारेन्टाइन बस्ने होटलको मूल्य सार्वजनिक

नेपालबहस संवाददाता
भदौ ५, २०७७ शुक्रबार १९:५८:३०

५ भदौ, काठमाडौं । सरकारले विदेशबाट उद्धार भएर नेपाल आएपछि क्वारेन्टाइनमा बस्नका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र शुल्क सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका होटलमा तीन हजार ५०० शय्या क्षमता रहेको छ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्र डिसिसिएमसीले भदौ २ गते कोभिड–१९ विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ बमोजिम विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने र स्वेच्छाले होटल क्वारेन्टिनमा बस्ने व्यक्तिलाई राख्न होटल सूचीकृत गर्ने निर्णय गरेको थियो।
सोही निर्णयका आधारमा पर्यटन विभागले क्वारेन्टाइन प्रयोजनका लागि होटलको विवरण र मूल्य जिल्ला प्रशासन कार्यालय काठामाडौंलाई उपलब्ध गराएको थियो। तारे होटलदेखि सामान्य पर्यटकस्तरका होटलको सूची र मूल्य सार्वजनिक गरिएको प्रशासनले जनाएको छ ।
पर्यटकीय क्षेत्र ठमेल, ताहाचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावरी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानीलकण्ठ, लैनचौर कमलपोखरी र बागबजार क्षेत्रमा होटललाई क्वारेन्टाइनका रुपमा रूपमा प्रयोग गरिने छ।
विभागले क्वारेन्टिमा प्रयोग गरिने पर्यटकस्तरका होटलको मूल्य र खानाको मेनु पनि सार्वजनिक गरेको छ। पाँच तारे होटलमा एकल ९ हजार र दुई जना साझेदारीमा बस्नेका लागि प्रतिव्यक्ति ६ हजार तोकिएको छ।
यस्तै चारतारे होटलमा एकल ८ ठ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति ५ हजार ५००, तीनतारे तथा डिलक्स रिसोर्टमा एक जनाको ६ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति ५ हजार, दुई तारेमा एकल ५ हजार र दुई जना भएमा प्रतिव्यक्ति ५ हजार ५००, एकतारेमा एकल ४ हजार र दुई जना भएमा प्रतिव्यक्ति २ हजार ५०० तथा पर्यटकस्तरको होटलमा एकल २ हजार ८०० र दुई जना भएमा प्रतिव्यक्ति १ हजार ८०० शुल्क तोकिएको छ।
पर्यटकस्तरको होटलका लागि दिनको चार पटक दिइने खानाको मेनु पनि तोकिएको छ। पर्यटकस्तरको होटलले क्वारेन्टिनमा बस्ने व्यक्तिलाई बिहानको नास्ता, खाना, खाजा र बेलुकाको खाना खुवाउनुपर्नेछ।
तारे होटलले खुवाउने खाना आफ्नै ढङ्गको हुनेछ। सरकारले चार्टर्ड उडानमार्फत कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने निर्णय गरिसकेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता
फागुन १२, २०८१ सोमबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार
कांग्रेसको स्थानीय तह समन्वय विभागमा दश सदस्य थप
फागुन १२, २०८१ सोमबार
तरकारी ढुवानीमा महाशिला गाउँपालिकाको अनुदान, ४ महिनामै ८५ लाखको कारोबार
फागुन १२, २०८१ सोमबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता
फागुन १२, २०८१ सोमबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार
कांग्रेसको स्थानीय तह समन्वय विभागमा दश सदस्य थप
फागुन १२, २०८१ सोमबार
तरकारी ढुवानीमा महाशिला गाउँपालिकाको अनुदान, ४ महिनामै ८५ लाखको कारोबार
फागुन १२, २०८१ सोमबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता
फागुन १२, २०८१ सोमबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार