विपक्षी नेता नाभाल्नीलाई जर्मनी पठाउन रुसले गर्यो अस्वीकार
नेपालबहस संवाददाता
भदौ ५, २०७७ शुक्रबार २१:१६:२६
५ भदौ, काठमाडौं । रसियाली चिकित्सकहरुले साइबेरियाली शहर ओम्स्कको अस्पतालमा उपचारका लागि भर्ना भएका रसियाली विपक्षी नेता अलेक्सी नाभाल्नीलाई उपचारका लागि जर्मनी पठाउन गरिएको अनुरोधलाई अस्वीकार गरेका छन् । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवं विपक्षी नेता नाभाल्नी बिहीबारदेखि ओम्स्क अस्पतालको सघन उपचार कक्षमा बेहोस अवस्थामा रहेका छन् ।
साइबेरियाली शहर टोमस्कबाट राजधानी मस्को फर्कनेक्रममा बिमानमा असहज महशुस गरेका ४४ वर्षीय नाभाल्नीलाई बिहीबार आपतकालीन अवतरण गराएर ओम्स्क अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिमानमा विषाक्त वस्तु मिसाएर चिया खुवाइएको विपक्षीहरुको आरोप छ । बिमानमा चिया पिएलगत्तै असहज महशुस गरेका नाभाल्नी त्यसयता बेहोस छन् ।
नाभाल्नीकी प्रवक्ता किरा यारमिसले ट्वीट गर्दै भनेका छन्, “अस्पतालका प्रमुख चिकित्सकले नाभाल्नीलाई स्वास्थ्य स्थिति कमजोर भएकाले अन्यत्र पठाउन नसकिने बताएका छन् । उनको अवस्था अस्थिर छ । परिवारका सदस्यले अन्यत्र लैजान गरेको अनुरोध स्वीकार गर्न सकिँदैन ।” नाभाल्नीको टोलीका सदस्यहरुले नाभाल्नीलाई जर्मनी लैजान ओम्स्क बिमानस्थलमा एउटा बिमान तयारी अवस्थामा राखिएको बताएका छन् । ओम्स्क शहर जर्मनीको शहरबाट करिब ४ हजार २०० किलोमिटर टाढा छ । ओम्स्क शहर र मस्कोबीच बिमानमा आउजाउ गर्न छ घण्टा लाग्छ ।
नाभाल्नीका समर्थक इभान झाडनोभले प्रहरीले नाभाल्नीको शरीरमा निकै खतरनाक पदार्थ भेटिएको जनाएको बताएका छन् । तर अधिकारीहरुले उक्त पदार्थका बारेमा बताउन अस्वीकार गरेका छन् । स्थानीय प्रहरीले फरेन्सिक परीक्षण जारी रहेकाले अहिल्यै केही बताउन नसकिने जनाएको छ । ओम्स्क अस्पतालका प्रमुख चिकित्सक अलेक्जान्डर मुराखोभ्स्कीले नाभाल्नीको स्वास्थ्यमा केही सुधार भएको शुक्रबार बताएका छन् । तर नाभाल्नीलाई अहिल्यै अन्य अस्पताल पठाउन जोखिम छ, उनले भने । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायतमा ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टी किन हार्यो ?
असार २२, २०८१ शनिबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
आज यी ठाउँहरुमा अति भारी वर्षा हुने
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २२, २०८१ शनिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार
राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
असार २२, २०८१ शनिबार