कसरी जोगिएला त नेकपाको एकता ?
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
भदौ ५, २०७७ शुक्रबार २२:३२:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/nekapa-nepalbahas-1_uZf3jOV9Ch.jpg)
समाचार विश्लेषण
५ भदौ, काठमाडौं । धेरैलाई लागेको छ, अब सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तद्र्वन्द्व भागवण्डामा मिल्ने भयो । अझ नेकपाका कार्यकर्ता तहमा त यो खाले सन्देश प्रवाहित भईसकेको छ । किनभने विवादको हल खोज्न शीर्ष नेताहरुको सहमतिमा ६ सदस्यीय कार्यदल बनेको छ ।
तर जानकारहरु भन्छन्– अब नेकपा फुटबाट जोगिन सक्ने अवस्थाबाट उछिट्टिइसक्यो । अर्थात, नेताहरुबीचको अविश्वास यो हदसम्म पुगेको छ कि कुनैपनि मुद्धामा एकले अर्कालाई मान्ने अवस्था छैन । मतलब अब पार्टी एकताको कुरा गर्नु भनेको केवल सोझासाझा कार्यकर्तालाई थामथुम पार्नु मात्र हो । कम्युनिष्टको चरित्र भनेको मन नमिलेपछि चोइटिनु नै परेपनि नेताको हैसियतमा रहनु हो । इतिहास हेरौं, हरेक पटकको विवादले बाम आन्दोलन विभाजित भएको छ । साथै, असहमत पक्षले नयाँ पार्टी बनाएर अलगथलग गरेको पाइन्छ । त्यसैले नेकपा पनि यो अपवादबाट मुक्त हुन सक्दैन । त्यही स्कूलिङबाट आएकाहरु नै नेकपाभित्र रहेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली अहिले सबैभन्दा शक्तिशाली छन् । कारण उनीसँग दुवै संयन्त्रको लगाम छ । अर्थात पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि । त्यसैले उनलाई कारवाही गर्ने हैसियत बहुमतै रहेपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालसँग छैन । यद्यपि ओलीलाई बर्खास्त गर्न उनीहरुले भगिरथ प्रयास गरिरहे । तर केही सीप लागेन । कतै पार्टी नै पो फुटाइदेलान् कि भन्ने पिरलोले नेताहरुलाई चिन्तित बनाएको भनिन्छ । तर इतिहासमै नभएको काम उनीहरुले गर्न खोज्नु आफैंमा मूर्खता मात्र हो । जतिसुकै जोगाउन खोजेपनि नेकपा भन्ने पार्टी ढिलोचाँडो विभाजित हुने अवश्यम्भावी छ ।
फुटेको हाँडी लिपपोत गरेर देखाउनका लागि जोडिएला, तर त्यसमा मकै भुट्ने ताकत चाहिं हुँदैन । त्यसैले ओलीको अत्याचार जति नै सहेपनि एकता जोगिनेवाला छैन । प्रचण्ड र नेपालले कुनैपनि क्षण विभाजनको कटु सत्य स्वीकार्नै पर्छ ।ओली इतर पक्षले तत्काल विभाजनबाट जोगियोस् भन्नका लागि मात्र ओलीको अतिवादी सोच र शैली स्वीकारेको भए बेग्लै कुरा, नत्र अब नेकपा विभाजनबाट जोगिने कुनै कारण र औचित्य छैन ।
मन र स्वार्थ फाटेपछि जवर्जस्ती एकैथलोमा बस्न खोज्नु भनेको भयानक अनिष्ट निम्त्याउनु हो भन्ने हेक्का ओली पक्षलाई राम्रो थाहा छ । त्यसैले उनले बेलैमा आफ्नो गन्तब्य देखाइसकेका छन् । अरुले बुझेको बुझ पचाउनु बेग्लै हो । ओलीले नेकपा (एमाले) भन्ने पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् । साथै, पार्टीको चुनाव चिन्ह पनि डाँडामाथिको सूर्य रोजीसकेका छन् । यो कागताली मात्र होइन, ग्राण्ड डिजाइन अन्तर्गतको रणनीति हो । नेकपाका नेताहरुलाई यसबारे राम्रो हेक्का छ, तर उनीहरु किन हो नक्कली एकतामै रमाउन खोजेका छन् ।
सायद नेताहरुलाई लागेको होला– अहिले प्राप्त दुईतिहाईका मत फेरि नआउला, यति नै बेला सबैजना पालैपालो प्रधानमन्त्री भइहाल्नुपर्छ । तर ओली रहुञ्जेल अरु नेताले त्यो नचिताए हुन्छ । त्यसको कास्टिङ त पटकपटक देखाइसकेको छ, अब केवल पूरा सिन देखाउन मात्र बाँकी हो । यति चाहिं पक्का के हो भने ओलीलाई पनि अब अर्काे पटक यही सुविधामा सत्ता प्राप्त नहुने थाहा छ । त्यसैले पाँच वर्ष उनी प्रधानमन्त्री कसैलाई सुम्पनेवाला छैनन् । त्यसैले उनी भन्ने गर्छन्– म कक्षा दोह¥याउनेवाला छैन । किनभने कक्षा दोहो¥याउने अवसर अब नेपाली जनताले उनको पार्टीलाई दिने छैनन् ।
नेपाली जनताले बाम गठबन्धनलाई पत्याइ दिए गएको आमचुनावमा । त्यसको कारण थियो– ओलीको राष्ट्रवादी छवि र लामो राजनीतिक अस्थिरताबाट उम्कने जनचाहना । त्यसैको संयोजनमा बाम गठबन्धनलाई अभूतपूर्व सफलता पनि प्राप्त भयो । तर बाम नेताहरु त जनताको सेवा गर्नेभन्दा शासन गर्ने सोचबाट वशीभूत थिए । त्यसैले जनचाहनालाई पूर्णत बेवास्ता गरे । ओलीलाई मात्र होइन, यो अपत्यारिलो सफलताले अरु नेतालाई समेत आश्चार्यचकित बनायो । त्यसैले सबैले यही कार्यकालमा आफ्नो चाहना र इच्छा पूर्ति गर्ने सोच बनाए । तर ओली त्यसमा बाधक भए । सबै एकलौटी गर्ने उनको कार्यशैली देखियो । अनि शुरु भएको हो अर्काे अस्थिरता । सबैलाई सत्ता चाहिएको छ । दुई वर्ष कार्यकारी प्रमुख भइसकेका ओलीलाई स्टेपडाउन गराएर आफू सत्ताको भ¥याङ चढ्ने रहर प्रचण्डलाई त छँदैथियो, अर्का नेता माधवलाई पनि त्यही हुटहुटी जाग्यो । अनि ओलीविरुद्धको मोर्चाबन्दी शुरु भएको हो ।
तर परिस्थितिलाई अनुकुल बनाउनसक्ने बेजोड क्षमता ओलीमा विद्यमान देखियो । उनले अरुलाई कसरी विभाजन गर्नुपर्छ र राज गर्ने भन्ने विलक्षण क्षमता प्रदर्शन गरे । कहिले प्रचण्डलाई साथ लिए त कहिले माधवलाई । पछिल्लो प्रकरणमा माधव धेरै टाढिएपछि उनले बामदेव गौतमलाई फेरि बेबकुफ बनाए । पटकपटक ओलीबाट धोका पाएका गौतमले फेरि पनि ओलीलाई नै साथ दिएका छन् । तर यसको पनि कारण छ । ओलीलाई हटाउन आफूसमेतको जोडबल भुत्ते साबित भएपछि उनी फेरि ओलीकै शरणमा परेका छन् । प्रचण्ड र नेपाललाई साथ दिँदा भएको शाख पनि गुम्ने भविष्य पनि डुब्ने उनले अनुमान गरे । त्यसैले ओली फेरि बलियो भएका छन् ।
ओलीसँग सिंगौरी खेलेर प्राप्तिशून्य हुने निश्कर्षमा गौतम मात्रै पुगेनन्, प्रचण्डको बुझाई पनि त्यस्तै रह्यो । कुनैबेला राजालाई समेत च्यालेञ्ज गर्ने विद्रोही माओवादीका सुप्रिमोसमेत ओलीको चण्डाल चातुर्यबाट बशीभूत भएका छन् । वाध्यताबश उनी हटाउने भन्दा सग्लो नेकपा भित्रै शक्ति बाँडफाँटमा आफ्नो कल्याण देख्न थालेका छन् । त्यसैको परिणाम हो, ६ सदस्यीय कार्यदल । उक्त कार्यदलले भोलि शनिवार दिने प्रतिवेदनमा ओलीलाई पद त्याग गर्न कुनै शर्त राखिने छैन । केवल सबैले मिलेर भागशान्ति गर्ने नै प्रतिवेदन आउने छ ।
तर ओलीले फेरि पनि सत्ता साझेदारी गर्नेमा भने विश्वास गर्ने आधार देखिंदैन । किनभने कार्यदल बनाइसकेपछि पनि उनले सरकारी नियुक्तिलाई निरन्तरता नै दिए । यद्यपि असन्तुष्ट नेताहरुले खारेज गर्न दवाव दिएका छन् । तर ओलीले त्यो टेर्नेबाला छैनन् । एकातिर कार्यदल बनाएर छलफल गर्ने अर्कातिर भटाभट नियुक्ति गरिरहने ओलीको शैली र चरित्रले फेरि पनि के भन्छ भने– नेकपालाई विभाजनबाट अब कसैले रोक्न सक्दैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार