करारका कर्मचारी हटाउने निर्देशनप्रति राष्ट्रिय जनमोर्चाको आपत्ति
नेपालबहस संवाददाता
भदौ ५, २०७७ शुक्रबार २२:५१:४४
५ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तहका करारमा कार्यरत कर्मचारीलाई हटाउन निर्देशन दिइएकोमा आपत्ति जनाएको छ ।
कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक कोष जुटाउन प्रशासनिक क्षेत्रको खर्च कटौती गर्ने सरकारको नीति सही भएपनि ती निकायमा भएका अन्य अनावश्यक खर्चबाट कर्मचारीलाई कायम राख्न सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।
कतिपय गाउँपालिका तथा नगरपालिकामा सरकारले अझै दरबन्दी अनुसार कर्मचारी पठाउन नसकेको स्थितिमा ती तहले आवश्यकतानुसार करारमा नियुक्ति गरेका कर्मचारीलाई हटाउनु सही नहुने जनाएको हो ।
कतिपय तहमा दरबन्दी नतोकिएका वा अति जरुरी भएकाबाहेक अन्य कर्मचारी नियुक्त गरिएको अवस्थामा भने उनीहरुलाई तुरुन्त हटाइन सो पार्टीले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई साइबर क्राइम, कागजात किर्ते र मानहानी कसुरमा मुद्दा चलाइने
मंसिर ४, २०८१ मंगलबार