भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय
नेपालबहस संवाददाता
भदौ ५, २०७७ शनिबार ०:१७:४६
५ भदौ, काठमाडौं । सरकारले भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउने सरकारको निर्णय छ । शुक्रबार अर्थ, सञ्चार तथा सुचना प्रविधि मन्त्री खतिवडाले पत्रकार सम्मेलन गरेर भदौदेखि अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीले यात्रा गर्न पाउनेछन् । उडान हुनुअघि पीसीआर परीक्षण गराएर रिर्पोट नेगेटिभ आए हवाई यात्रा गर्न पाउने सरकारको निर्णय छ ।
काठमाडौं आउने यात्रुले भने एक हप्ता अनिवार्य क्वारेन्टाइन बस्नुपर्नेछ । सरकारले अन्तर्राष्ट्रिय उडान खोलेपनि आन्तरिक उडानबारे स्प्ष्ट पारेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
नहरमा हिउँदेबालीका लागि सिँचाइ
मंसिर ९, २०८१ आइतबार
कर्णाली करिडोर र हुम्ला करिडोर
मंसिर ९, २०८१ आइतबार