संखुवासभामा आइसोलेशन तोडफोड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_DWPWCQ57jC.jpeg
)
नेपालबहस संवाददाता
भदौ ५, २०७७ शनिबार ०:३५:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/sankhuwasabha_k24u4k6rcj.jpg)
५ भदौ ,सङ्खुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीस्थित आइसोलेशन तोडफोड भएको छ । बिहीबार राति खाँदबारी नगरपालिका–७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेशनको सामग्री तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ ।
आइसोलेशन तोडफोड र चोरी हुँदा रु १५ लाखका स्वास्थ्य सामग्री क्षति भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले जानकारी दिए। जिल्ला अस्पतालले क्याम्पसमा १० शय्याको आइसोलेशन सेण्टर निर्माण गरेको थियो । जिल्ला अस्पतालले सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएको छ ।अज्ञात समूहले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० पीपीइ थान, प्यासेन्ट मनिटर, अक्सिजन डिभाइडरलगायत सामग्री चोरी गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले करीब पाँच महिना अगाडि सहमतिमा नै क्याम्पसमा आइसोलेशन निर्माण गरेको थियो । गत २५ साउनमा सरकारले नै विद्यालय र क्याम्पसमा भएको क्वारेन्टाइन र आइसोलेशन हटाउने निर्णय गरेपछि क्याम्पस प्रशासनले नदिने भन्दै विरोध जनाएको हो । क्याम्पस प्रशासन र स्थानीयवासीले जोखिम बढ्ने भनी आइसोलेशन प्रयोग गर्न नदिने भनेपछि बिहीबार जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक गरिएको थियो ।
उक्त बैठकले तत्काललाई सोही क्याम्पसको आइसोलेशन प्रयोग गर्ने र १५ दिनभित्र अन्यत्र सार्ने निर्णय गरे पनि क्याम्पस प्रशासनले असहमति जनाएको थियो । आइसोलेशन तोडफोड गर्ने अहिलेसम्म कोही पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए । सोमबार धर्मदेवी नगरपालिका–४ पिलुवाखोलामा क्वारेन्टाइनमा रहेका धर्मदेवी–४ का ३४ वर्षीय तथा चैनपुर नगरपालिका–११ का २४ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।
उनीहरुलाई बिहीबार क्याम्पसमा निर्माण भएको आइसोलेशनमा ल्याउने भएपछि स्थानीयवासीले विरोध जनाउँदै आएका थिए । अहिले तीन कोरोना सङ्क्रमितको हिमालय क्याम्पसमै उपचार भइरहेको अस्पतालका प्रशासन जनाएको छ । प्रहरीले चोरी र तोडफोडमा संलग्नको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार