चियाको अवैध निकासी : प्रशासनको निगरानी चुस्त !
नेपालबहस संवाददाता
भदौ ६, २०७७ शनिबार २०:२३:५२
◊ किरण पौड्याल
६ भदौ, इलाम । “चियाको बारेमा त बोल्न पनि मन लाग्दैन । गाडीका गाडी भारततर्फ चिया जान्छ कोही देख्दैन”, राससलाई चिया उद्योगी तथा प्रदेश नं १ का सांसद काजीमान कागतेले फोनमार्फत यस्तो प्रतिक्रिया दिए । कागतेले शुरुमै भने, “यो चिया कसरी जाँदैछ ? प्रशासनले के हेरेर बसेको छ ? स्थानीय तह किन बोल्दैन”, कागतेले आफ्ना कुरा राख्नुभयो र सम्पर्क विच्छेद गरे । यो कागतेको यो शैलीले चिया व्यापारमा देखिएको समस्या झल्काउँछ ।
आफै प्रदेश सांसद भएपनि अवैध तवरले चिया गइरहेको बारेमा भने कागतेले स्थानीय तह र जिल्ला प्रशासनलाई दोष दिँदै हुनुहुन्थ्यो । कागतेले मात्र होइन सूर्योदय नगरपालिकाका चिया उद्योगीले चियाका सन्दर्भमा राख्ने पहिलो समस्या बनेको छ ‘अवैध निकासी’ । चियाको सन्दर्भमा होस् वा अन्य कुनै विषय । पछिल्लो समय अवैध रूपमा भारततर्फ हरियो चियापत्ती निकासी हुँदा नगरभित्रका उद्योग सङ्कटमा पर्न थालेको उद्योगी गुनासो छ । पछिल्लो समय चिया किसानले रातारात विभिन्न माध्यमबाट भारततर्फ चिया गइरहेको उद्योगी बताउँछन् । भारतीय सीमामा पर्ने सूर्योदय नगरपालिकाबाट खुला सीमा रहेको दार्जिलिङ सहज रूपमा जान सकिन्छ । त्यही बाटोबाट पछिल्लो समय हरियो चियापत्ती निकासी भइरहेको उद्योगीको दाबी छ ।
चियाको विषयलाई लिएर यहाँ सधै उद्योगी, किसान र श्रमिकबीच ‘शीतयुद्ध’ चलिरहन्छ । केही महीनाअघि चियाको लागत मूल्यसमेत नउठ्ने गरी उद्योगीले हरियो चियाको मूल्य दिएको भन्दै किसान आन्दोलनमै उत्रिएका थिए । तर, अहिले किसानले आन्दोलन गरेका छैनन् । कतिले चियाको उचित मूल्य पाए भने कतिले पाएका छैनन् । स्थानीय स्तरका चिया उद्योगीले चियाको उचित मूल्य नदिँदा किसानले हरियो चियापत्ती भारत निकासी गर्न थालेको अन्य चिया सरोकारवालाको अनुमान छ ।
थोरै परिमाणमा मात्र नभइ गाडीका गाडी हरियो चियापत्ती भारत निकासी हुने गरेको बताउनुहुन्छ चिया उद्योगी उदय चापागाईं । “अहिले गाडीका गाडी, घोडाका घोडा चिया अवैध तवरबाट गइरहेको छ”, चापागाईं भन्छन, “छब्बीसेलगायत नाकाबाट ठूलो परिमाणमा चिया गइरहेको छ, यसमा कसैको चासो छैन । इलामबाट दार्जलिङतर्फको छब्बिसे, खोला गोदाम, नाखापानी र हिले भञ्ज्याङहुँदै अवैध रूपमा चियाको हरियो पत्ती निकासी हुने गरेको उद्योगीको भनाइ छ ।
स्थानीयस्तरमा चियाको उचित मूल्य नपाएपछि उल्लेखिय मूल्य पाउनकै लागि किसानले अवैध काम गरेको हुन सक्ने कतिपयको बुझाइ छ । सूर्योदय नगरभित्रका उद्योगले रु ३५ प्रति किलो चिया दिँदा सीमापारी रु ५६-५७ सम्म हरियो चियापत्तीको मूल्य हुन्छ । त्यसैकारण पनि चिया सीमापारी गएको हुन सक्ने उद्योगीको बताउँछन् ।
यसरी अवैध रूपमा चिया जानु नगरको कार्यविधि विपरीत रहेको बताउनुहुन्छ सूर्योदय नगरपालिकाका चिया सचिवालय संयोजक देवेन्द्र शर्मा । “हामीले बनाएको चिया मापदण्डमा पहाडको चिया तराइ वा भारततर्फ र तराइको चिया पहाड ल्याउन नपाउने मापदण्ड छ तर यसरी भारततर्फ लैजानु कानून विपरीत हो”, शर्मा बताउछन । नगरको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ उत्पादन मापदण्ड९३० मा पहाडी भूगोलको चियामा हुने मौलिक गुणस्तरमा कायम गरी चिया उत्पादन प्रशोधन गर्न गराउनु पर्ने र हरियो चियापत्ती भारत तथा तराईतर्फ र तराईबाट पहाडतर्फ ल्याएर प्रशोधन गर्न नपाइने लेखिएको छ ।
यस विषयमा आफूहरूको ध्यानाकर्षण भएको र अवैध निकासी रोक्न पहल शुरु गरेको सचिवालय संयोजक शर्माको भनाइ छ । तर, शर्माले उद्योगीले नगरको मापदण्डमा नटेको कुरा उल्लेख गर्छन । तीन वर्ष अघि नै ऐन बनेर कार्यविधि बन्दासमेत अहिले ‘विषमपरिस्थिति नै भन्दै’ नगरको मापदण्डअनुसार उद्योगीले किसानलाई हरियो चियापत्तीको मूल्य नदिएको शर्मा जिकिर गर्छन ।
यता, चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालसमेत आफूले चिया अवैध रूपमा चिया भारत जाने गरेको बारे थाहा पाएको उल्लेख गर्छन । नेपालको चिया अवैध तवरले भारततर्फ जानु दुःखद् रहेको बताउँदै खनालले यस बारेमा स्थानीय तहलाई जानकारी गराएको बताउछन । उनले भने, “हामीले चिया भारततर्फ जाँदै छ भनेर भन्ने हो । भनिसक्यौ ।”
के भन्छ प्रशासन ?
कोरोनाको महामारीका बेला सबै नाका चुस्तदुरुस्त बनाएको जिल्ला प्रशासन कार्यालयको दाबी छ । सीमामा सुरक्षामा रहेका सशस्त्र प्रहरीले त केही दिनअघि ‘चोर बाटोमा समेत गस्ती भइरहेको’ बताएको थियो । तर, सीमाबाटै भारत जाने चिया चाहिँ पत्तो नपाउनु अचम्म लाग्दो छ ।
यति हुँदाहुँदै पनि अहिले पनि प्रशासनको निगरानी सबै तिर चुस्त रहेको बताउनुहुन्छ जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने । न्यौपानेका अनुसार चियाको विषयमा केही दिनअघि उद्योगी, किसान, स्थानीय तह९सूनपा०का प्रतिनिधिसहित बैठक नै बसेको थियो । बैठकमा उद्योगीले अवैधतवरबाट चिया भारत निकासी भएको बारे प्रशासनलाई जानकारी गराएका थिए । पछिल्लो समय भने चियाका विषय नउठेकाले चिया जान छाडेको दाबी प्रशासन कार्यालयको छ ।
कति जान्छ त भारततर्फ ‘अवैध चिया’ ?
अवैध तवरले हरियो चियापत्ती तस्करी भइरहेपनि कति चिया भारततर्फ जान्छ भन्ने एकित तथ्याङ्क कोहीसँग पनि छैन । अवैध रूपमा चिया भारतर्फ जानु नौलो कुरा नभएको दाबी छ चिया सरोकारवालाको । जिल्ला प्रशासन कार्यालयको समेत दाबी पनि अरूकै जस्तो छ ।
अवैध तवरले निकासी चिया हुने प्रशासनले भन्दा पनि रोकिन सक्दैन भने कुन बाटोबाट जान्छ पनि खुल्दैन । तर, अहिले दैनिक रूपमा १५ देखि २० हजार किलो सम्म चिया भारततर्फ जाने गरेको एक उद्योगीको भनाइ छ । नाम नखुलाउने शर्तमा बताएका ती उद्योगीका अनुसार गएका वर्षमा भन्दा दोब्बरका दरले भारततर्फ चिया निकासी भइरहेको छ । इलामकै विभिन्न नाका भएर चिया भारत जाने गरेको छ । पछिल्लो ताका भारतीय टी बोर्डले नेपाली चियाको गुणस्तरमाथि नै प्रश्न उठाउँदै पत्र समेत पठाएको छ ।
यति हुँदाहुँदै पनि अवैध तवरले नै चिया भारत जाँदा नेपाली चियाको शाख अझै घट्ने देखिन्छ । अवैध धन्दा यसरी नै बढ्दै गए सूनपाका चिया उद्योग धरासायी हुने सूर्योदय टी बोर्डका सचिव गोपाल कट्टेलको भनाइ छ । सूर्योदय नगरपालिकामा मात्रै ७० वटाभन्दा बढी चिया उद्योग छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदै
जेठ १५, २०८१ मंगलबार
गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा, प्रदेशतर्फ मधेशमा धेरै
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
सैनिक मञ्च टुँडिखेलमा १७ औं गणतन्त्र दिवसको विशेष समारोह
जेठ १५, २०८१ मंगलबार
बजेटबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्
जेठ १५, २०८१ मंगलबार
साउदी लिगमा रोनाल्डोको किर्तिमान
जेठ १५, २०८१ मंगलबार
दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्दै उत्तर कोरिया
जेठ १५, २०८१ मंगलबार
विश्वकप वार्म-अप खेल : क्यानडासँग नेपाल पराजित
जेठ १५, २०८१ मंगलबार