भारतका पूर्व राष्ट्रपति मुखर्जीको अवस्था जटिल
नेपालबहस संवाददाता
भदौ ६, २०७७ शनिबार २२:३५:५७
६ भदौ, एजेन्सी। अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । हप्ता दिनभन्दा बढी समयदेखि अचेतन अवस्थामा रहेका उनको अवस्थामा कुनै परिवर्तन नआएको अस्पतालले स्पष्ट पारेको छ ।
अस्पतालले शनिबार दिएको जानकारीअनुसार ८४ बर्षीय नेता मुखर्जीको अधिकांश संकेतहरु स्थिर रहेको छ । उनलाई स्वासप्रश्वासमा समस्या भएपछि उनलाई यही अगस्टको १० तारिखका दिन दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा भर्ना गरिएको हो । पूर्व राष्ट्रपति मुखर्जीको अवस्था जटिल भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको छ । उनको दिमागमा समेत असर परेकाले उनी अहिलेपनि अचेत अवस्थामै रहेको चिकित्सकहरुले बताएका छन् ।
उनलाई स्वासप्रश्वास सम्वन्धी समस्या देखिएपछि कोरोना परीक्षण गर्दा उनी कोरोना भाइरसबाट सङ्क्रमित पनि भएको देखिएको थियो ।“श्री प्रणब मुखर्जीको अवस्था अहिले पनि उस्तै रहेको छ, पहिले जस्तो थियो, त्यसमा आज बिहानसम्म पनि कुनै परिवर्तन आएको छैन,” अस्पतालद्धारा जारी वक्तव्यमा लेखिएको छ । स्वासप्रश्वासमा समस्या भएकाले भेन्टिलेटरको सहयोगमा उनलाई स्वासप्रश्वास गराइरहेको पनि अस्पतालले जनाएको छ । नेता प्रणव मुखर्जीले भारतको १३औँ राष्ट्रपतिका रुपमा सन् २०१२ देखि २०१७ सम्म राष्ट्रको नेतृत्व गरेका थिए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायतमा ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टी किन हार्यो ?
असार २२, २०८१ शनिबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढीपहिरोले ठाउँठाउँमा सडक अवरुद्ध
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २३, २०८१ आइतबार
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आज अति भारी वर्षा हुने
असार २३, २०८१ आइतबार
सेती नदीमा बाढीः ६० घरपरिवार सुरक्षित स्थानमा
असार २३, २०८१ आइतबार
इङल्याण्ड युरोकपको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार