नेकपामा अस्थायी युद्धविराम
नेपालबहस संवाददाता
भदौ ७, २०७७ आइतबार १८:२६:५५
समाचार टिप्पणी
७ भदौ, काठमाडौं । देशको सबैभन्दा ठूलो पार्टीको हैसियत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तत्काललाई फुटको अवस्थाबाट मुक्त देखिएको छ । यसको आधार चाहिं सत्तामा बाँडफाँड नै बनेको छ । लामो समयदेखि यही विषयमा मतान्तर रहँदा पार्टी नै फुटको डिलमा पुगिसकेको थियो । तर प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली अहिलेलाई सत्ता साझेदारीबाटै अगाडि बढ्ने निक्यौलमा पुगेका छन् । त्यसैले नेकपाका असन्तुष्ट भनिएका नेताहरुको नाक जोगिएको छ ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालले विधि, पद्धति र विधानको जतिसुकै डंङ्का पिटेपनि अन्ततः सत्ता साझेदारीमै विवाद किनारा लागेको देखियो । हिजाेमात्र नेतात्रयका प्रतिनिधि सम्मिलित कार्यदलले विधि,पद्धति वा विधिविधान भन्दा सत्ताको भागबण्डामा नै सहमतिको खाका तयार गरे । अब ओली प्रतिनिधिसभाको बाँकी कार्यकालका लागि प्रधानमन्त्रीमा रहने र अर्का अध्यक्ष प्रचण्ड आगामी महाधिवेशनसम्म कार्यकारी अध्यक्षको भूमिकामा रहनेछन् । यो प्रस्ताव त ओलीले चार महिना अगाडि नै राखेका थिए । अहिले ओलीकै प्रस्तावमा सहमति जनाउने प्रचण्ड र नेपालको विधिपद्धतिमा धमिरा लागेको हो त ?
कम्युनिष्ट स्वभावैले शव्दको खेती गर्ने जात हो । बोली एउटा व्यवहार उल्टो । इतिहास पल्टाएर हेरौं , विश्वकै कम्युनिष्ट चरित्र एकैखाले पाइन्छ । साथै, कम्युनिष्टको अभिष्ट भनेकै सत्ता प्राप्ति मात्रै हो । जतिसुकै क्रान्तिकारी नारा उराले पनि व्यवहार भने पुँजीवादी सिद्धान्तलाईसमेत कुरीकुरी लाग्ने गर्छन् कम्युनिष्टहरु । यही अभिष्ट पूरा गर्न तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो । आलोपालो प्रधानमन्त्री हुने शर्तनामा ओली र प्रचण्डबीच भएको थियो, त्यो पनि लिखितम् । तर सत्तामा पुगेपछि ओलीमा सत्तालिप्सा जाग्यो । उनलाई अहिलेजस्तो ल्याण्डस्लाइड भिक्ट्री पाउन नेपाली कम्युनिष्टलाई मुश्किल हुने लाग्यो । त्यसैले उनले पूर्वसहमति विपरित प्रचण्डलाई माछो–माछो भ्यागुतो बनाए ।
सत्ताकै लागि भएको एकता अब अर्थहिन थियो । तर प्रचण्ड ओलीका अगाडि निरिह थिए । त्यसैले मौकाको ताकमा थिए । समय आयो ओलीविरुद्ध पूर्व एमालेकै ठूलो हिस्सा विरोधमा । त्यसको भरपूर फाइदा लिने चेष्टा प्रचण्डले गरे । तर पिंध नभएको लोटा जस्तो माधव नेपाल ओलीका अगाडि लल्याक लुलुक गले । त्यसपछि भने प्रचण्डले ओलीसँगै मिलेरै भएपनि सत्तामा पकड कायम राख्ने रणनीति बनाए । त्यसैको प्रतिफल हो हिजो दुई अध्यक्षलाई बुझाइएको कार्यदलको प्रतिवेदन ।
अब ओलीको सत्ता अकण्टक हुने भयो । अर्थात प्रतिनिधिसभाको अर्काे निर्वाचनसम्म ओली प्रधानमन्त्री कायमै रहने भए । त्यसबापत प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षको हैसियत पाउने सहमति जुटेको छ । यति मात्र होइन मन्त्रिमण्डलमा पनि पुनर्गठन गर्न सहमति जुटेको छ । अबको मन्त्रिपरिषदमा कार्यदलकै केही सदस्यले स्थान पाउने भएका छन् । भीम रावल, सुरेन्द्र पाण्डेदेखि जनार्दन शर्मा र पम्फा भूषालसम्मले अबको पुनर्गठनमा आफूलाई सुरक्षित बनाएका छन् ।
नेता नेपाललगायत केही शीर्ष नेताको लाज ढाक्न कार्यदलको प्रतिवेदन तयार गरिएको बुझ्न कठिन छैन । अब केही मुख्य मन्त्री र संवैधानिक निकायका पदाधिकारीमा फेरबदल र भागबण्डा गरेपछि तत्कालका लागि विवाद समाधान हुनेछ । ओलीले एकलौटी गरेपछि सत्तामा पहुँच र प्रभाव जमाउन प्रचण्ड र नेपालबीच गठबन्धन बनेको थियो । तर ओलीका सामु निरिह बन्नु परेपछि भने अन्तमा चिसै पानीले नुहाउने निश्कर्षमा उनीहरु पुगेको बुझ्न सकिन्छ । इतिहासमै पहिलो पटक झण्डै दुई तिहाई समर्थन प्राप्त कम्युनिष्ट सरकार चानचुने उपलव्धि होइन । यो सफलताको जड चाहिं नेपाली कांग्रेसका शीर्ष नेताहरुप्रतिको जनविरोध थियो । कांग्रेस सभापति शेरबहादुर देउवाका कृयाकलापले सिंगो पार्टी बद्नाम भयो । त्यसको असर चुनावमा परेको हो । तर कम्युनिष्ट आफैं सत्ताका लागि जुटेकाले दुई वर्ष नपुग्दै धाँजा फाटेको छ ।
पहिलो त दुई कम्युनिष्ट पार्टी सत्ताका लागि मिलेपनि उनीहरुको सिद्धान्त र विचार नै अलग थिए । जनयुद्धबाट सोझै सत्तामा आइपुगेको माओवादी र पञ्चायत बहुदललगायत राजाको शासनमा समेत राष्ट्रिय पञ्चायत र सत्तामा पुगेको एमालेबीच धेरै अन्तर थिए । त्यो अन्तर पार्टी एकताबाट सोझै एकाकार हुने अवस्थै थिएन । माओवादीका सुप्रिमो प्रचण्ड आफूलाई राजनीतिका चतुर खेलाडी मान्थे । तर उनी ओलीका सामु गरुडका अगाडि सर्प जस्तै देखिए । त्यसैले यो अन्तर्विरोध स्वभाविक थियो । तर यहाँ पनि प्रचण्ड जिल्लिएका छन् ।
ओलीको खड्गो फेरि टरेको धेरैको बुझाई छ । तर अहिले भएको सहमति अस्थायी युद्धविराम जस्तै हो । तीनै पक्षले केही नलागेपछि मात्रै गरेको सहमति हो । त्यसैले अहिलेपनि राजनीतिक अविश्वास उस्तै छ । कहाँ कुन विन्दूमा विष्फोट हुन्छ भन्न सकिन्न । अहिले चाहिं प्रचण्ड र नेपाल नै कमजोर बनेकाले यो सहमति बनेको हो । त्यसैले भुसको आगोले कुनबेला कस्तो रुप धारण गर्ने हो भन्न सकिन्न ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजा गरिन्छ
जेठ १५, २०८१ मंगलबार
चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन
जेठ १५, २०८१ मंगलबार
आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य
जेठ १५, २०८१ मंगलबार
प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब बजेट दिइने
जेठ १५, २०८१ मंगलबार
गाजाको व्यवसायिक उत्पादनका लागि कानुनी व्यवस्था गरिने
जेठ १५, २०८१ मंगलबार