उदाउँदो चन्द्रमालाई अर्घदिई सम्पन्न भयो चौरचन पर्व
नेपालबहस संवाददाता
भदौ ७, २०७७ आइतबार १७:५८:२१
◊ धीरुभाइ
७, भदौ सप्तरी । तराईका जिल्लाहरुमा शनिबार उदाउँदो चन्द्रमालाई अर्घदिई यस वर्षको चौरचन पर्व सम्पन्न भएको छ । प्रायः तीजको भोली पल्ट तराईमा चौरचन पर्व मनाइने गरिन्छ । गत वर्ष तिथिको समयमा हेरफेर भएपछि हरितालिका तीज र चौंठचन्द्र (चौरचन) पर्व एकसाथ मनाएको थियो ।
ब्रतालुहरुले आ–आफ्ना घरको आँगन तथा कौशीबाट शनिबार उदाउँदो चन्द्रमालाई अर्घ दिई चौरचन पर्व मनाइएको छ । गौरीपुत्र भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास रहेको छ । यस पर्वमा चामल र गहुँको पीठोका विभिन्न पकवान बनाउनुका साथै फलफूल, मिठाईका परिकार र दही पूजा सामग्रीका रुपमा प्रयोग गरिन्छ ।
नयाँ माटोको भाँडोमा एक दिन अघि दही जमाएरको हुन्छ । अन्य माटोको भाँडोमा खुवा, खिर, चीनी, पकवान, फलफूल, नैवेद्य लगायतको सामग्री राखेर अर्घ दिइन्छ । पूजा सामग्री तयार भएपछि आँगन तथा कौशीमा चामललाई पिँधिएर बनाएको झोल (स्थानीय भाषामा पिठार)ले पूजा स्थलमा लिपपोत गरी गंगाजल छर्केर शुद्ध पार्ने गरिन्छ । पूजा गर्नका लागि पूजास्थलमा कलात्मक अरिपन बनाइन्छ । सो अरिपन अरुवा चामलको पीठोको हुन्छ । त्यस अरिपनमाथि चन्द्रमाको आकृतिका साथै पूजा सामग्री राख्ने स्थल अकित गरिएको हुन्छ ।
घूपदीपसहित पूजाको सामग्री पूजा स्थलमा राखेर पालैपालो उदाउँदो चन्द्रमालाई अद्र्ध दिइन्छ । त्यहाँ दुईवटा सिङ्गो केराको पातमा पकाएका परिकार सहित दही, खीर, चीनी, केरा, स्याउ, नासपति, नरिवल, चढाइन्छ, जसलाई नज भनिन्छ । अर्घ दिएपछि पूजा स्थलमै पुरुष सदस्यले मात्र नज खान्छन । यसरी खाइसकेपछि केराको पात, पातमा राखिएको परिकार(प्रसाद) खान नसकि बाँकी रहेका सामग्री खाल्डो खनेर आगनमै गाडिन्छ । पातको बाँकी प्रसाद कुकुर, विरालो, अन्य कुनै पशुपंक्षीले खाएमा अनिष्ट हुने जनविश्वास रहेकोले माटोमा गाडिन्छ ।
भदौ शुक्ल चतुर्थीको साझ मनाईने चौठचन्द्र पर्वमा पूजामा सहभागी परिवारका एक सदस्य खासगरी महिला दिनभर उपवास बसेर साँझपख गौरीपुत्र गणेश पूजा गरी उदाँउदो चन्द्रलाई अर्घ दिएर विधिवत् रूपमा पर्व सम्पन्न भएको हो । उपवासमा बसेको ब्रतालुले साँझपख स्नान गरी नयाँ वस्त्रधारण गरेर धार्मिक विधिपूर्वक पूजा सम्पन्न गर्छन् । पूजा सम्पन्न भएपछि पूजाका सामग्री लिएर पालैपालो गरेर परिवारका सम्पूर्ण सदस्यले चौरचनको दिनमा स्वतः चन्द्रमाको दर्शन गरेमा मिथ्या कलकंबाट मुक्त हुने मिथिला संस्कृतिमा जनविश्वास रहेको छ । प्राचीन मिथिलाका राजा (नरेश) ज्योतिष हेमाङ्गद ठाकुरले यो पूजाको शुभारम्भ गरेको जनविश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णले स्यमन्तक मणि चोरी गरेको झुटो आरोपबाट कलंकित भएका थिए । एक ऋषिको सल्लाहमा आजकै तिथिमा चन्द्रमाको पूजा गरेपछि उहाँ मिथ्या कलकंबाट मुक्त भएको धार्मिक ग्रन्थ भविष्य पुराणमा उल्लेख गरिएको छ । यो पर्वमा एकातर्फ मिथ्या कलकंबाट मुक्त हुनु देखिन्छ भने अर्को तर्फ चोरले आजको रातिमा चोरी गर्न सफल भएमा वर्षभरि चोरीमा सफलता पाउन सकिन्छ । यस पर्वमा आ–आफ्ना इष्टमित्र, छरछिमेकहरुलाई घरमा बोलाएर चौरचनको प्रसाद खुवाउने पनि गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयोगिनी एकादशी व्रत : पाप नाश भई पुण्य पाइने विश्वास
असार १८, २०८१ मंगलबार
विष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध
असार १०, २०८१ सोमबार
खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने
असार ७, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
आज यी ठाउँहरुमा अति भारी वर्षा हुने
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २२, २०८१ शनिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार
राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
असार २२, २०८१ शनिबार