निषेधाज्ञाले पनि रोकेन शेयरबजारलाई, के छन् सकारात्मक पक्ष ?
आर्थिक संवाददाता
भदौ ७, २०७७ आइतबार २१:४०:२८
भाद्र ७, काठमाडाैं । राजधानी तथा देशका विभिन्न ठाउँमा निषेधाज्ञा भएपनि साताको पहिलो कारोवार दिन आइतबार शेयरबजारमा १२ अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक शुन्य दशमवल ९१ प्रतिशतले वृद्धि भएको छ । आज १८४ कम्पनीको शेयर कारोवार हुँदा १ अर्ब १० करोडको कारोवार भएको छ । कारोवार रकम निकै वृद्धि भएको छ। नेप्से परिसूचक १२ दशमलव ७७ अंकले वृद्धि हुँदै १४१० दशमलव ३४ को विन्दुमा बन्द भएको छ ।
आज बजार १३९९ दशमलव ४९ को विन्दुमा खुलेकोमा बजारले १२ बजे १३९३ दशमलव ९३ को न्यून विन्दुसम्म पुगेको थियो । बजारको आजको उच्च विन्दु र अन्तिम विन्दु एउटै रहेको छ । यसको अर्थ बजार आज ईण्ट्राडे हाईमा बन्द भएको छ। कारोवार रकम पनि अघिल्लो दिनको तुलनामा निकै धेरै हुनु र बजार ईण्ट्राडे हाईमा बन्द हुनु सकारात्मक पक्ष रहेको छ । त्यस्तै आज बजार १४०० को मनोवैज्ञानिक रेखा माथि बस्न सफल भएको छ।
आज नेको इन्स्योरेन्सको शेयर सर्वाधिक कारोवार भएको छ । नेको इन्स्योरेन्सको १४ करोड ६४ लाख बराबरको शेयर खरिदबिक्री भएको छ ।
सम्वृद्धि फाइनान्स , नेको इन्स्योरेन्स, तारागाउँ रेजेन्सी होटल्स, रास्ट्रिय बीमा कम्पनी सस्थापक शेयर र प्रिमियर इन्स्योरेन्स सर्वाधिक कमाउने ५ कम्पनी हुन भने सर्वाधिक गुमाउने ५ कम्पनीमा पन्चकन्यामाई हाईड्रोपावर, युनियन हाईड्रोपावर , साधना लघुवित्त, साञ्जेन हाईड्रोपावर र खानी खोला हाईड्रोपावर रहेका छन् ।
✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १४३० । प्रतिरोध १ः १४१५ । टेवा १ः १३८० । टेवा २ः १३६२
✍आज कारोबारको अन्तिम एक घण्टाको समयमा शेयर बजार बढेको छ। आजको मैनबत्तीले “बुलिस” मारुबोजु चित्र बनाएको छ। यसले बजारमा क्रेताको चाप रहेको संकेत गर्नका साथै अर्को कारोबार दिन पनि बजार सकारात्मक हुन सक्ने जानकारी दिएको छ। आजको परिमाणले पनि बजारमा क्रेताको चाप रहेको जानकारी दिएको छ।
✍ दैनिकी अवधिमा “आरएसआई” ५२ दशमलब २५ को बिन्दुमा छ। यसको प्रवृत्तिले बजार सामान्य रहेकोे जानकारी दिएको छ।
✍ “एडीएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले दिएको संकेत प्रभावकारी देखिदैन् ।
✍ “अन ब्यालेन्स भल्यूम” ले बजारमा क्रेताको चाप हुन सक्ने जानकारी दिए पनि बजारको प्रवृत्तिले हालसम्म समर्थन गरेको देखिदैन्।
✍ बजार बढेमा पहिलो प्रतिरोध १४१५ को क्षेत्रमा रहेको देखिन्छ । त्यस्तै, हाल बजारको तत्कालिन टेवा १३८० को क्षेत्रमा रहेको देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार