अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री अभाव
नेपालबहस संवाददाता
भदौ ७, २०७७ सोमबार ०:२:३
७ भदौ ,एजेन्सी । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री सहजै प्राप्त गर्न समस्या भएको छ ।
विषेश गरेर अनलाईन कक्षा सञ्चालनका क्रममा आवश्यक पर्ने सामग्रीहरु सहजै पाउन गाह्रो भएको र पाएपनि निकै ढिलो मात्रै प्राप्त हुने गरेको उपभोक्ताहरुले बताएका छन् । यो समस्या धेरै महिना अगाडिदेखि अमेरिका भरी नै रहेको एपीले गरेको एक अनुसन्धानले देखाएको छ ।
विश्वकै तीन ओटा ठूलो कम्युटर कम्पनीहरु लेनोभो, एचपी र डेलले समेत अनलाइन कक्षाका लागि आवश्यक सामग्रीहरु माग अनुसार उपलब्ध गराउन नसकिएको बताएका छन् । ती कम्पनी स्रोतका अनुसार बजारमा अहिले झण्डै ५० लाख ल्यापटपको माग रहेको र त्यो मागलाई सम्वोधन गर्न कठिनाइ भइरहेको छ ।
अमेरिकाले चिनियाँ सामान आयातकर्तामाथि लगाएको प्रतिबन्ध पनि समस्याको चुरो भएको पनि कतिपय व्यापारीहरूको बुझाई रहेको छ । क्यालिफोर्नियाको मोजाभस्थित मोरोङ्गो युनिफाइड स्कूल डिस्ट्रिक्टका सुपरिटेन्डेन्ट टोम बाउमगार्टनले भने, “यो अवस्था एक कलाकारलाई विना रङ चित्र बनाउन भनेजस्तो भएको छ । कुनै पनि बच्चा कम्प्युटर बिना सामाजिक दूरी कायम गर्दै पढ्न सक्दैन ।”
उक्त विद्यालयमा सबै आठ हजार विद्यार्थीलाई निःशुल्क खाजा वितरण गरिन्छ । दूर शिक्षाको लागि उनीहरूलाई कम्प्युटर चाहिन्छ ।उनले भने, “गत जुलाईमा पाँच हजार थान ‘लेनोभो क्रोमबुक्स’ को माग गरेका हुन तर लेनोभोलाई निषेधित चिनियाँ सामानको प्रयोग गरेको भन्दै सरकारी निकायबाट आपूर्ति रोकियो । विकल्प दिइएको छैन ।” उनले यसलाई एउटा प्रतिनिधिमुलक समस्याका रूपमा बताए ।
क्रोमबुक्स र अन्य निम्न मूल्यका कम्प्युटर धेरैजसो निम्न आय भएका अमेरिकी विद्यालयको छनोटमा पर्ने गर्छन् ।“यो गाह्रो छ किनकि मैले कम्प्युटरका लागि बाल दास श्रमलाई प्रोत्साहन गर्न सक्दिन । के हामी प्रक्रियाको पछि दौडिँदा अधिक बच्चाहरूलाई चोट पु¥याइरहेका त छैनौँ रु” जिल्लाको उत्तर डकोटामा रहेको ‘विलिस्टन पब्लिक स्कूल’ का लागि सूचना तथा प्रविधि निर्देशक म्याट बर्टनहेगनले भने ।
उनले पनि दुई हजार लेनोभो क्रोमबुकका लागि मे मा माग गरी आपूर्तिको पर्खाइमा रहेको बताए।“उनीहरूले जुलाईमा बुझाउनु पर्ने थियो । तर अगस्टको सुरूमा बुझाउने प्रतिवद्धता आएको थियो । त्यसपछि अगस्टको अन्त्य भनियो । अहिले माग गरिएका पाठ्य सामग्रीको आपूर्ति वर्षको अन्त्यसम्ममा हुने अनुमान गरिएको छ ।”
कोलोराडोको सबैभन्दा ठूलो ‘डेनभर पब्लिक स्कूल’ ले पनि अप्रिल र मेमा माग गरेका १२ हजार ५०० ‘क्रोमबुक्स’ कहिले आउने हुन् पत्तै छैन ।अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक सामग्रीहरु पर्याप्त पाउन नसकेपछि देशभरीको शैक्षिक क्षेत्रमा अर्को चिन्ता थपिएको छ भने अविभावक, विद्यार्थी, शिक्षक र विद्यालय सञ्चालकलाई टाउको दुखाइ भएको छ ।
कम्युटर विना विद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न सकिदैन, तर त्यही सामग्रीको अभाव भइरहेको छ, विद्यालयका एक व्यवस्थापकले भने ।विद्यालयका व्यवस्थापक तथा सरोकारवालाहरुले अनलाइन कक्षा सञ्चालनका लागि अत्यावश्यक सामग्रीहरु उपलब्धताका लागि सहयोग गर्न ट्रम्प प्रशासनलाई दवाव दिएका छन् ।ल्यापटप विनाको अनलाइन कक्षा अर्थहीन हुने भन्दै उनीहरुले त्यसको व्यवस्था अनिवार्य गरिदिन माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार