चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न तरुण दलको माग
नेपालबहस संवाददाता
भदौ ८, २०७७ सोमबार १३:५०:५८
८ भदौ, काठमाडौं । नेपाल तरुण दलले बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारीकाे बेला अग्रपंक्तिमा रहेर सेवा दिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार गर्नेहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
अध्यक्ष जितजंग बस्नेतले साेमबार विज्ञप्ति जारी गर्दै केही दिनदेखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगायत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदायप्रति हुँदै आएको दुर्व्यवहार अपहेलना र आक्रमण रोक्न माग गरेका छन्।
उनले विज्ञिप्तमा लेखेका छन्, “पछिल्लो समयमा समुदाय स्तरमा नै फैलिएको हो कि भन्ने आशंका पनि गरिएको छ र यसैलाई मध्यनजर गर्द केही दिन देखि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । यस्तो विषम परिस्थितिमा समाजको अग्रपंङतीमा रहि जोखिमपुर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ता प्रति नेपाल तरुण दल केन्द्रिय समिति उच्च सम्मान प्रकट गर्दछ ।”
‘यस्तो अमानवीय व्यवहारमा संलग्न जोसुकै होस् कारबाहीको दायरामा ल्याउन र अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोवल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
साथसाथै विगत केहि दिन देखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगाएत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदाय प्रति हुँदै आएको दुर्व्यवहार अपहेलाना र आक्रमण प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
जोखिमपूर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति तरुण दलले सम्मान प्रकट गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्ड कालोपत्र
मंसिर ४, २०८१ मंगलबार