मेरो पुस्तकालय
नेपालबहस संवाददाता
भदौ ८, २०७७ सोमबार १७:१८:५
पुस्तकालय कसलाई मनपर्दैन !
सृष्टिको आरम्भमै बुद्धिको निर्माण भएको हो
बुद्धि ज्ञानको भण्डार हो
ज्ञान ऊर्जाको स्रोत हो
ऊर्जा जीवनको आधार हो
जीवन यो संसारका सबै तत्वहरूको समष्टि हो ।
अरुणोदय विशाल पुस्तकालय हो मेरो
सिन्दुरे- सुन्दर फूल जस्तो
आकाशमा पाकेको रातो फल जस्तो
सम्पूर्ण वेद पुराण रातो कपडामा बेरे जस्तो
देखेर त्यो
उडे टिप्नलाई केशरीनन्दन हनुमान
यति ठूलो ज्ञान विज्ञानको पूर्ण भण्डार
मुखमा राखे एकैछिन् ती हनुमान
अब को गर्छ हनुमानको ज्ञानको अनुमान !
गुराँससँगै फुलेका मेरा हिमालय
उत्तर भित्ताका ती मेरा पुस्तकालय
महाकविका निवन्ध संग्रह र शाकुन्तल जस्तै
लेखनाथका ऋतु विचार र तरुण तपसी जस्तै
राष्ट्र्कविका राष्ट् निर्माता र गौरी जस्तै
सजिएका छन् आँखाभरि दराजहरुमा !
डाक्टर प्राध्यापकका गहन ठेलीहरू जस्ता फाँटहरू
मेरा पुर्खा जस्ता यी ठूला रुखहरू
हजुरआमा जस्ता यी बाटाहरू
ऋषिमुनिका जस्ता यी चराका आवाजहरू
सबै मौसममा मुस्काइरहने यी पहाडहरू
मेरो घर वरिपरिका भित्ताहरूमा
यसरी खुला दराजभरि सजिएका छन् !
दैनिक साप्ताहिक र मासिक पत्रिकाहरू
चर्चित आधुनिक र उत्तराधुनिक कविहरू
मेरा करेसावारीका गमलाभरि फुलेका छन्
घर छेवैमा छन् प्रशंसाका तलाउहरू
ढकमक्क फुलेकै छन् प्रशंसनीय कमलहरू
तर पन्छाउन सक्नुपर्छ कमल पाउन काँढेघारीहरू
यसरी हेरिरहेछन् समालोचनाका वादहरू !
अटाई नअटाई खाँदिएका छन् यी दराजहरू
हरेक मौसमले सफा गरेका दराजहरू
भरिन्छन् समसामयिक दर्शनहरूले
फ़ेसबुकभन्दा प्रिय लाग्छन् यी मेरा दराजहरू
मुन्टो बंगाई बंगाई हेरिरहन्छु पुस्तकालयका यी दराजहरू !!
म जहाँ जाऊँ शान्त मन हुनुपर्छ एकैछिन्
लामो सास तानेर आँखा बन्द हुनुपर्छ एकैछिन्
बन्द आँखा खुल्नासाथ ती दराजका ढोका पनि खुल्छन्
खुलेका दराजसँगै सबै भावहरू सररर ती पानाहरूमा भुल्छन् !
हाल : बोष्टन, अमेरिका
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार