ओली र प्रचण्डबीच प्रतिवेदनमाथि छलफल हुँदै, मन्त्रीमण्डल फेरबदलकाे तयारी
नेपालबहस संवाददाता
भदौ ८, २०७७ सोमबार १७:३०:१६
८ भदौ, काठमाडौं । गत शनिवार ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आजदेखि छलफल थाल्ने भएका छन् ।
अहिले केहीबेरमा प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्डबीच बालुवाटारमा छलफल हुन लागेकाे हाे । छलफलमा कार्यदलको १६ पन्ने लघु प्रतिवेदनले दिएका सुझावहरुलाई कार्यान्वयन गर्नेबारे दुई अध्यक्षबीच छलफलहुने बताइएकाे छ ।
विवाद सुल्झाउन गठित ६ सदस्यीय कार्यदलले एकसाता लामो गृहकार्यपछि शनिवार आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो । नेकपामा विवाद चुलिएपछि स्थायी कमिटी बैठक पनि सुरु हुन सकेको छैन् । बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद झनै चर्किएको थियो ।
कार्यदलले ओलीले ५ नै वर्ष प्रधानमन्त्री र प्रचण्डले सम्पूर्ण कार्यकारी अधिकार लिएर पार्टी चलाउन सुझाव दिएको छ । त्यस्तै, कार्यदलले पार्टीलाई एकतावद्ध बनाउनुपर्ने कुरामा जोड दिएको छ।
कार्यदलका सदस्यहरुले आफूहरुले बुझाएको प्रतिवदेनले पार्टी विवाद सुल्झने दावी गर्दै आएका छन्। उक्त प्रतिवेदन ओली प्रचण्डको छलफलपछि सचिवालय बैठकमा पेश हुनेछ । सचिवालयमा छलफलपछि स्थायी कमिटीबाट पारित गरिने छ ।
आज हुने दुई अध्यक्षबीचको छलफलले तत्कालै सचिवालय बैठक बोलाउन सक्ने र सरकार हेरफेरका विषयमा छलफल हुने बताइएको छ । कार्यदलले आफ्नो छोटो प्रतिवेदनमा नक्शा प्रकाशन लगायतका विषयमा सरकारको प्रशंसा गरेको छ । साथै, महाधिवेशनसम्म केपी ओलीकै नेतृत्वमा सरकार सञ्चालन हुने तर केही मन्त्रीहरु हेरेफेर गर्ने कार्यदलको प्रस्ताव छ ।
प्रदेशमा पनि सरकारहरु हेरफेर गर्ने कार्यदलको प्रस्ताव छ । स्थानीय तहमा सरकार सञ्चालनका लागि पार्टीका तर्फबाट निर्देशिका जारी गरिनुपर्ने कार्यदलले सुझाव दिएको छ । पार्टीलाई सिस्टममा चलाउने र प्रधानमन्त्रीले महत्वपूर्ण निर्णयहरु गर्दा पार्टीको सल्लाहमा गर्ने भनिएको छ ।
आज दुई अध्यक्षबीचको छलफलपछि पार्टीमा र संसदीय दलमा निर्णय गराएर चाँडै नै केही मन्त्रीहरु हटाउनुका साथै केही मन्त्रीहरु थप गर्ने सम्भावना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई साइबर क्राइम, कागजात किर्ते र मानहानी कसुरमा मुद्दा चलाइने
मंसिर ४, २०८१ मंगलबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार