मरेका हात्तीमा क्षयरोग देखिएपछि आजदेखि जिउँदोको नमूना सङ्कलन
नेपालबहस संवाददाता
भदौ ८, २०७७ सोमबार १९:६:५१
८ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना सङ्कलनको काम शुरुआत गरिएको छ । निकुञ्जमा ५९ हात्ती छन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना सङ्कलनको काम शुरुआत भएको जानकारी दिनभयो । हात्तीको कान वा पुच्छरको नशाबाट रगतको नमूना सङ्कलन गर्न थालिएको छ ।
हात्ती प्रजनन केन्द्र खोरसोरमा २० र सौराहामा आठ हात्ती छन् । ती हात्तीको नमूना सङ्कलन गर्न चारदेखि पाँच दिन लाग्ने उनले बताए । यसपछि पोष्टमा रहेका हात्तीको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइने छ । काठमाडौंको सेन्टर फर मोलिकुलर डाइग्नोसिस नामको निजी प्रयोगशालामा नमूना पठाइने छ । अहिले क्षयरोगको मात्र परीक्षण गरिने उनले जानकारी दिए । सन् २००२ यता क्षयरोगका कारण निकुञ्जका १५ हात्तीको अकालमा मृत्यु भएका छन् । सो अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्याङ्क छ ।
जिल्लाका हात्तीमा पहिलो पटक सन् २००२ मा क्षयरोग देखिएको थियो । सो सङ्क्रमण सन् २०१६ सम्म जारी नै रह्यो । त्यतिबेला निकुञ्जका १७, निजी ४१ र राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई हात्तीमा क्षयरोग देखिएको थियो । त्यसपछिका केही वर्ष सङ्क्रमण नदेखिए पनि सन् २०१८ यता क्षयरोगका कारण चार हात्ती मरेको अनुमान छ । चिकित्सक श्रेष्ठका अनुसार पछिल्लो पटक गत साउन १९ गते मरेको दीपेन्द्रगजमा क्षयरोगको सङ्क्रमण थियो । यसअघि मरेका तीन हात्तीको पोष्टमार्टमका क्रममा फोक्सोमा समस्या देखिएकाले क्षयरोगको सङ्क्रमण भएको अनुमान गरिएको उनको भनाइ छ ।
यस क्षेत्रमा निजी होटलका पनि ५७ हात्ती छन् । उनी हात्तीमा दोस्रो चरणमा क्षयरोग देखा परेको अनुमान गर्छन । समयमा नै उपचार गर्न सकेमा हात्ती बचाउन सकिने जनाउँदै उनले उपचारको कामलाई तीव्रता दिन लागिएको बताए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले क्षयरोग परीक्षणको काम तत्काल शुरु गर्न लागिएको जानकारी दिए । क्षयरोग देखिएमा उपचार गरेर हात्तीलाई निको पार्न सकिने भएकाले सबै हात्तीको परीक्षण गरिने उनको भनाइ छ ।
निकुञ्जका हात्ती विभिन्न पोष्टमा सुरक्षाका लागि राखिएका छन् भने निजी हात्ती पर्यटक बोक्नका लागि होटलले प्रयोग गर्दै आएका छन् । निकुञ्ज हात्ती सफारीका लागि अन्तरराष्ट्रिय रुपमा प्रख्यात छ । यहाँ सामुदायिक वनमा निजी हात्तीमा पर्यटकलाई घुमाउने गरिन्छ । हात्ती चढेर दुर्लभ वन्यजन्तु हेर्न पर्यटक रुचाउँछन् । हात्तीमा क्षयरोग देखिएमा उपचार गर्न लामो समय लाग्ने र खर्चिलो हुने चिकित्सक बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार